शुक्लागण्डकी जेसिज बर्ष २०२१ का अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाल जेसिजको पोखरा सम्पन्न ४८ औ राष्ट्रिय महाधिबेशनबाट उनि राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् । पोखरामा पुष १ गते बाट शुरु भएको अधिबेसनमा सनिबार नेतृत्वका लागी सर्वसम्मत नभएपछी निर्वाचन मार्फत नेतृत्व चयन गरिएको थियो । हिजो सपन्न निर्वाचनबाट नेपाल जेसिजको बर्ष २०२२ को राष्ट्रिय अध्यक्षमा दाङका लालमणि भण्डारी निर्वाचित भएका छन् ।
शुक्लागण्डकी क्षेत्रको पहिलो अन्तर्राष्ट्रिय संजाल संग जोडिएको संस्थाको रुपमा स्थापना भएको शुक्लागण्डकी जेसिजले स्थापनाकाल देखिनै बिबिध सेवामुलक कार्य गर्दै आईरहेको छ । युवाहरुमा व्यक्तित्व बिकास गरी सफल नेतृत्व मार्फत युवा उद्यमी तयार गर्ने मूल उद्देश्यका साथ स्थापना भएको जेसिजमा १६ देखि ४० बर्षसम्मका युवाहरु सदस्य रहन पाईन्छ । संसारका सय भन्दा धेरै देशमा संजाल रहेको जेसिजको राष्ट्रीय नेतृत्वमा पुग्ने शुक्लागण्डकीका दुई जना भएका छन् । यस अघि सुजन श्रेष्ठ नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष र कोषाध्यक्ष भएका थिए ।
सन् २०२२ को नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित कृष्ण बहादुर श्रेष्ठ शुक्लागण्डकी जेसिजको बर्ष २०२१ का अध्यक्ष हुन् । दुलेगौंडा स्थित किमगंगा अटोमोबाइल (होन्डा सोरुम) का प्रोप्राईटर समेत रहेका उनि धेरै सामाजिक संघ संस्थामा आबद्ध रहेका छन् ।