काठमाण्डाै – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत केन्द्रिय निर्वाचनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भएका छन् ।
सहमहामन्त्रीमा निर्वाचित भएका मन्सुरले कुल चार हजार ६ सय ८६ मत मा दुई हजार सात सय ७६ मत प्राप्त गरि विजयि भएका थिए । उनका प्रतिस्पर्धी वकिल शेखले एक हजार आठ सय ७१ मत प्राप्त गरेका थिए । सहमहामन्त्रीमा निर्वाचित मन्सुर सभापति शेरबहादुर देउवा समूहका हुन् ।
यस्तै खस आर्यतर्फको सहमहामन्त्रीमा राठौरले दुई हजार पाँच सय ७६ मत प्राप्त गरि विजयी भएका हुन् भने उनका प्रतियासी देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गरेका थिए । किशोरसिंहले देउवा सभापति शेरबहादुर देउवा समूहका हुन् ।
कांग्रेसका आठ वटा सहमहामन्त्री पदमध्ये अब तीन वटा क्लस्टरका सहमहामन्त्रीको मतगणनाको परिणाम आउन बाँकी छ ।