कवासे । डिभिजन बन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले पुजा गरेर धर्म कमाउनु भन्दा वातावरण जोगाउनका निम्ति लागि परेमा सबैभन्दा बढी धर्म प्राप्त हुने बताएका छन् । शुक्रबार शुक्लागण्डकी नगरपालिका–३ मा रहेको रिपाको पाखा सामुदायिक भवन उद्घाटन तथा दुलेगौंडा सामुदायिक वन समन्वय समितिको संञ्जाल बैठक कार्यक्रममा बोल्दै उनले उक्त बक्तव्य दिएका हन् ।
काफ्लेले वन सबैको साझा सम्पत्ति भएको उललेख गर्दै यसको संरक्षणका लागि सबै नागरिक लागि पर्नमा जोड दिए । ‘धर्ति जोगाउने जिवजन्तु र वनसपतिलाई नै हामीले विनास गरिराखेका छौ’,उनले भने ‘वन्यजन्त र जिवजन्तुको संख्या बढ्दैमा वतावरणमा समस्या आउदैन् । आउछ त केबल मानव जनसंखया बढ्दा । किनभने हामीले गरेका प्राय कार्यले वातावरणमा प्रत्येक्ष प्रभाव पारिराखेको हुन्छ । यसैले गर्दा हामीले वन र वन्यजन्तुको संरक्षण गरौं ।’
उद्घाटन कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका तनहुँका सहायक वन अधिकृत कासिराज पण्डितले सामुदायिक भवन सामुहिक छलफल गर्ने थलोको रुपमा विकास गर्न आग्रह गरे । साथै, उनले वन क्षेत्रको अतिक्रमाण रोक्नका लागि सबै उपभोक्ता समितिले निर्णय गरेर समस्या समाधान गर्नुपर्ने कुरामा जोड दिए । उनका अनुसार उपभोक्ता समितिले पनि गर्न अतिक्रमण रोक्न नसकेको खण्डमा वन कार्यालयले नै वन मुद्दाको रुपमा कारबाही अगाडी बढाउने बताए ।
उपभोक्ता समितिले वनबाट प्राप्त भएको आम्दानिबाट निर्माण सम्पनन गरेको समितिका सचिव दिपेन्द्र रिमालले जानकारी दिए । उनका अनुसार उक्त भवन करिब ८ लाख रुपौया लागतमा सम्पनन गरेको बताए । गत बर्ष र्निमाण सम्पन्न भएता पनि कोरोना महामारिका कारण भवनको उद्घाटन गर्न नसकेको उनको भनाई रहेको छ ।
उपभोक्ता समितिका अध्यक्ष शंकरबहादुर कार्कीको सभापत्तित्वमा सम्पनन कार्यक्रममा सव डिभिजन वन कार्यालय बेलचौताराका प्रमुख बिनयबहादुर अधिकारी, दुलेगौंडा सामुदायिक वन समन्वय समितिका अध्यक्ष रामचन्द्र खनाल लगायतको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा युवराज श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने समितिका सचिव रिमालले कार्यक्रम संञ्चालन गरेका थिए ।