बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका–२ मा रहेको भानु माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ ।
गाउँपालिकाले बिहीबार सुचना जारी गर्दै आगामी मंसिर ५ गते सम्मको लागि विद्यालय बन्द गरिएको नगरपालिकाका स्वस्थ्य शाखाका सिनियर अहेवले अन्जिर भट्टराईले जानकारी दिए । उनका अनुसार विद्यार्थिहरु भ्रमण गएर आएपछि केहीमा लक्ष्यण देखिएको थियो । तत्पश्चात कोरोना परिक्षण गर्दा दुई जना शिक्षक साथै १० कक्षामा अध्यनरत सात जना विद्यार्थीमा संक्रमण पुष्टि भएको बताए ।
कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित विद्यार्थी र शिक्षक विद्यालयको सम्पर्कमा रहिरहेको साथै अवस्था पनि सामान्य रहेको बताए ।
बिहीबार गाउँपालिका अध्यक्ष पूर्णसिं थापाको हस्ताक्षर रहेको स’चना जारी गर्दै गाउपालिकाले सबै विद्यालयमा स्वास्थ्यको मापदण्ड पालन गर्न, शैक्षिक भ्रमण, बार्षिकोत्सब जस्ता बढी भिड हुने कार्य रोक्न अनुरोध गरेको छ ।