बेलचौतारा । गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री आशा कोईरालाले काम नगर्ने भएपछि तालिम मात्र नलिन आग्रह गरेकी छिन् । बिहीबार वडा स्तरीय महिला संञ्जाल शुक्लागण्डकी नगरपालिका–५ ले आयोजना गरेको तालिम प्राप्त सहभागिहरु र सरोकारवालाहरुबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ईच्छा नभई संख्या पु¥याउनका लागि मात्र तालिममा सहभागि नहुन आग्रह गरेकी हुन् ।
पछिल्लो समय आम सर्वसाधारण नागरीकले तालिम लिने र लिएको तालिमको सदुपयोग गर्न नसक्दा राज्यको लगानि सहि सदुपयोग हुन नसकेको बताईन् । ‘तालिम लिएर राज्यलाई सहयोग गरे भनेर हुदैन । लिएको तालिमबाट व्यवसाय गरि आत्मनिर्भर पनि हुनपर्छ । तब मात्रै उक्त तालिमले महत्व राख्छ’ उनले भनिन् । कोईराललो उक्त कार्यक्रमममा सहभागि महिलाहरुसं अन्तरक्रिया गर्दै बजारको माग अनुसारको सामान उतपादन गर्ने सबैलाई आग्रह गरिन् । साथै आफुले उत्पादन गरेरे बिक्रि बितरण गर्न सक्छु भन्ने भएपछि उद्योग दर्ता गरेर कार्य गर्न सके मात्र उक्त महिलाहरु उद्यमी बन्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा बोलदै संञ्जालकी अध्यक्ष मंगला रानाले आर्थिक बर्ष २०७६÷७७ मा तालिम लिएका महिलाहरुलाई कोरोना महामारीले गर्दा व्यवसायिक रुपमा कार्यको थालनि गर्न नसकेको बताईन् । रानाका अनुसार महिलाहरुले उत्पादन गरेको हाते झेलाको माग बजारमा राम्रो नहुदाँ तालिमबाट व्यवसाय सुरु गर्न खोजेका महिलाहरुमा निराशापन छाएको उनको भनाई छ । सोही कार्यक्रममा बोल्ै वडा नम्बर ६ का वडाध्यक्ष दीर्घबहादुर थापाले सिकेका सिपको सहि सदुपयोग गरेर अगाडी बढ्न आग्रह गरे ।
संञ्जालले महिलाहरुलाई झोला बुन्ने, अचार बनाउने, सिलाईकटाई सम्बन्धी तालिम दिएको छ । आज पनि नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ महिला उद्यमी समिति अध्यक्ष कल्पना गौलीले सहभागीलाई कसरी उद्यमी बन्न सकिन्छ भन्ने बारमा सहजीकरण गरेकी थिईन् ।