खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुँडा र म्याग्दे गाउँपालिका–५ साउनेपानी जोड्ने म्यादी खोलामा मोटरेवल पुल बन्ने भएको छ । दुई स्थानीय तहको लगानि साझेदारी आज(बिहीबार) एक कार्यक्रम बिच शिलान्यास गरि निर्माण कार्य सुरु गरिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले पुलको निर्माण कार्यले दुई पालिकाबिच आपसि सदभाव र मेलमिलावको भावना प्रगाढ बनाउन सहयोग पुग्ने बताए । उनका अनुसार हरेक कार्यमा एक पालिकाले अर्काे पालिकालाई सहयोग गर्नुपर्दछ । ‘दुई पालिका जोड्ने मितेरी पुल बनेपछि हाम्रो सम्बन्ध त अझै प्रगाढ हुन्छ । साथ साथै दुई पालिकाका जनताहरुलाई पनि सहज रुपमा आवत जावत गर्न सहयोग पुग्छ । स्थानीय क्षेत्रमा उत्पादन भएका बस्तुहरु बजार सम्म ल्याउन पनि यस पुलले महत्वपूर्ण भुमिका खेल्दछ’ उनले भने ।
कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादलेवी राना आम्दानिको स्रोत र साधन कम हुदाँ गाउँपालिका एक्लैले आलेले चाहेर पुल बनाउन नसकेको बताईन । पछि शुक्लागण्डकी नगरपालिकाको सहयोगमा पुल निर्माण हुन लागेको हुदाँ दुबै पालिकाको पूर्वाधार विकासमा थप टेवा पुग्ने बताईन् ।
यस्तै गरि गाउँपलिका अध्यक्ष बालकृष्ण घिमिरेले पूर्वाधार विकासमा सबैभन्दा बढी दुख ठेकेदारबाट हुने हुदाँ समयमा नै काम सक्न निर्माण कम्पनिलाई आग्रह गरे । ‘भौतिक पूर्वाधार निर्माण कार्यमा ठेकेदारहरुले समयमा नै कार्य समपन्न नगरिदिदाँ गाउँपालिकाले धेरै नै दुख कष्ट खेप्नुपरेको छ । हामीले यस्तो हुदाँ पुलिस लगाएर पनि ठेकेदारलाई ल्याउनुपरेको अवस्था पनि सिर्जना भएको थियो । तर यस पलि जहाँसम्म लाग्छ ठेकेदार आमिले बुझेकै परेको हुनाले समयमा नै का सम्पनन गर्न आग्रह गर्दछ’ उनले भने ।
मितेरी पुलको ठेक्का कास्यप निर्माण सेवा एण्ड सप्लार्यस कलङ्कीलाई परेको छ । कम्पनिलाई गाँउपालिकाले एक करोड ४० लाख ४३ हजार १४५ रुपैयाँमा ठेक्का लिएको छ । कम्पनिसंग असोज ४ गते सम्झैता भएको थियो भने आगामि बर्ष मंसिर ५ गते सम्म निर्माण सम्पन्न गुर्नपर्ने सम्झैतामा उल्लेख गरिएको छ । पुलको निर्माणको लागि शुक्लागण्डकी र म्याग्देले समान ७० लाख २१ हजार ५७२ रुपैयाँ पुल निर्माणमा लागत साझेदारी गर्नेछन् । जहाँ शुक्लागण्डी नगरपालिकाले ५० लाख रुपौयाँ छुट्टयाईसकेको छ । बक्स कल्भर्ट डिजाईनको पुल २६.५ मिटर लामो हुने छ भने बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालीले १० लाख रुपैयाँ सहयोग गरेपछि पुल निर्माणका लागि डिपिआर तयार पारिएको थियो ।
आज गाउँपालिकाका अध्यक्ष रानाको सभापतित्व र शुक्लागण्डकी नगरपालिकाका मेयर गुरुङको प्रमुख आथित्यतामा सम्पनन भएको कार्यम्रकमा शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर थापा क्षेत्री, म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिवबहादुर आले, म्याग्दे–६ का अध्यक्ष वसन थापा, गाउँपालिकाको प्रशासन शाखाका प्रमुख प्रदिप न्यौपाने लगायतले बोलेका थिए ।