दुलेगौंडा । स्थानीय स्तरमा भएका विवाद स्थानीय स्तरमा नै समाधान गर्न सहज होस भन्ने हेतुले न्यायिक समिति शुक्लागण्डकी नगरपालिकाले मेलमिलापकर्तालाई ४८ घण्टे तालिम सम्पन्न गरेको छ । मंसिर २२ गतेदेखि २९ गते सम्म संञ्चालन भएको तालिममा नगरका वडा नंम्बर २ देखी ७ सम्मका ३१ जना मेलमिलापकर्तालाई उक्त तालिम दिईएको दिईएको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाकी उप–मेयर सबिता रसाईलिले न्याय नपाएकालाई न्याय दिलाउन सके मात्र तालिमको औचित्य रहने बताईन । रसाईलिले लामो समय बितेर न्याय पाए त्यसको कुनै अस्तित्व नहुने हुदाँ समस्या हुनासाथ समाधान गर्नुपर्नेमा जोड दिईन् । विगतमा उमेरका कारण कार्य गर्न नसकेका मेलमिलापकर्ताको अनुभव र दक्षतालाई आत्मासाथ गर्दै नयाँ पुस्तालाई मेलमिलापकर्ताको रुपमा अगाडी बढाउन तालिम संञ्चालन गरेको उनको भनाई छ । उनका अनुसार तालिम लिएका सबै वडाका मेलमिलापकर्तालाई नगरपालिकाले परिचय पत्र प्रदान विवाद समाधान गराउने कर्यामा संलग्न गराउनेछ ।
कार्यक्रममा बोल्दै न्यायिक समिति सदस्य थमन आलेले नगरपालिकाले भौतिक र पूर्वाधार क्षेत्रमा विकासले मात्रै समग्र नगरको विकास नहुने हुदाँ न्यायको क्षेत्रमा पनि प्रगति हुनुपर्नेमा जोड दिए । उनका अनुसार तालिममा सहभागिहरुले दुबै पक्षको जित हुने गरेर न्याय सम्पादन गर्नुपर्दछ ।
शुक्लागण्डकी मेलमिलाप समिति दुलेगौंडाको प्राविधिक सहयोगमा न्यायिक समिति शुक्लागण्डकीले आयोजना गरेको ४८ घण्टे तालिममा तनहुँ जिल्ला अदालतका न्यायधिस हरिश्चन्द्र ढुंगाना, अपाङ्ग महासंघका केन्द्रिय सदस्य देवकुमारी पराजुलि, मेलमिलाप समिति संयोजक राजन रिमाल, नगरका कानुनि सल्लाहकार चेतनारायण पौडेल, दुर्गाबहादुर महत र घनश्याम भट्टराईले प्रशिक्षण दिएका थिए । न्यायिक समितिले पहिलो चरणमा २ देखि ७ नम्बर वडा सम्मकालाई मेलमिलाप तालिम दिएको थियो भने दोस्रो चरणमा वडा नम्बर १ र ८ देखि १२ नम्बर वडामा पुस ५ गतेदेखि ४८ घण्टे तालिम संञ्चालन गर्ने भएको छ ।
मेलमिलापकर्ताले मेलमिलाप सम्बन्धी ऐन २०६८ तथा मेलमिलाप सम्बन्धी नियमावली २०७० अनुसार न्याय सम्पादन गर्दछन् ।