नेपाली काँग्रेसको १४ महाअधिवशेनमा प्रदिप पौडेलले महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेसँगै नेपाली कांग्रेसको महाधिवेशनमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।
लामो सयम अघि देखि महामन्त्री पदका लागि तयारीमा रहेको वताउदै आएका केन्द्रिय सदस्य पौडेल बरिष्ठ नेता कृष्ण सिटौला पक्षधरका सबैभन्दा सक्तिशाली युवा नेताको रुपमा अगडी आए पछि उनको चर्चा एकाएक चुलिन थालको हो । सिटौला समुहमा रहेका गगन थापा भने यो पटक पौडेल समुह तिर लागेको हुँदा सिटौलाले आफु निकट केन्द्रिय सदस्य तथा पाटी कार्यकर्ताहरुलाई सहभागि गराई आयोजना गरिएको कार्यक्रममा आफुलाई साथ दिने युवा नेतृत्वलाई आफु पछि हटेर पनि अगाडी ल्याउने त्यसका लागि प्रदिप पौडेललाई नेतृत्व गर्न जिम्मेवारी दिएको वताएका थियो । साथै उनले महाधिवेशनको उद्घाटन सत्रमा वोल्दै आफु कुनै पदका लागि आकाक्षि नरहेको भन्दै युवा नेतृत्वलाई अगाडी ल्याउनु पर्ने भन्दै पौडेललाई अगाडी सार्ने संकेत गरेका थिए ।
शुक्रबार राति संस्थापन समुह र सिटौला पक्षधर विच महाधिवेशनका लागि कार्यगत एकता हुने सहमति भई र प्रदिप पौडेलाई सिटौला समुहले महामन्त्री पदका लागि अगाडी सारे पछि प्रदिप पौडेलको चर्चा झन बढेन थालको हो ।
तनहूँ जिल्लाको ढोरफिर्दीका युवा नेता प्रदिप पौडेल अघिल्लो महाधिवेशनमा समेत लोकप्रिय ५ औ नम्बरमा रही केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । राजनीतिलाई विचार र सिद्धान्तको माध्यमाबाट राष्ट्र विकासमा सक्षम नेतृत्वको लागि आफुहरु लागेको भन्दै देशभरका आम नेता तथा कार्यकर्ताको माया र सदेभावका कारण आफु महामन्त्रीको लागि चुनावी मैदान आएको पौडेलले वताए ।