दमौली, जेसिआई व्यास नगरका नवनिर्वाचित अध्यक्ष कृष्ण सुनारले आफ्नो कार्यकालका लागि पदाधिकारीको कार्यविभाजन गरेका छन् । शुक्रबार गरेको बाडफाँड अनुसार क्लबको महासचिवमा विरेन्द्र नरालले जिम्मेवारी दीईएको छ । निर्वाचित कार्य समितिका अलावा मनोनयन गर्न बाँकी पदमा अध्यक्ष सुनारले मनोनयन गरेर वर्ष २०२२ का लागि आफ्नो बोर्ड तयार गरेका छन् ।
शुक्रबार मनोनयन गरिएका पदाधिकारीहरुमा कानुनी सल्लाहकारमा नविन पुरी, कोषाध्यक्षमा अनुप दाहाल छन् । यसैगरी, सचिवमा सुनिल श्रेष्ठ, शाखा सम्पादकमा सुरज गुप्ता तथा तालिम निर्देशकमा पवन पौडेलले जिम्मेवारी पाएका छन् ।
त्यस्तै बोर्ड एडभाइजरमा राजु राना तथा अध्यक्ष सल्लाहकारमा सुमन श्रेष्ठ र सुमित ढुंगाना, जनसम्पर्क अधिकृतमा रवि भुजेल, प्रकरण निर्देशकमा युवराज भण्डारी, वृद्धि सभापतिमा टिका मक्राती तथा शाखा निर्देशकमा अजर नागिलालाई मनोनयन गरिएको छ ।
क्लबको योजना प्रमुखमा चन्दन श्रेष्ठ, सह कोषाध्यक्षमा डिक्सन मल्ल तथा मिडिया रिलेशन अफिसरमा अरविन्द थापाले जिम्मेवारी पाएका छन् ।
तसैगरी अध्यक्ष सुनारले क्लबको इनभाइरोमेन्ट कोअर्डिनेटरमा विशाल श्रेष्ठ, सदस्य समन्वय सभापतिमा राजेश मल्ल, फेलोसिप पर्वर्द्धन अधिकारीमा अनिलकुमार श्रेष्ठ, सूचना प्रविधि सभापतिमा पूर्ण विक, कार्यक्रम समन्वय संयोजकमा सुजन भट्टराई, सचिवालय व्यवस्थापन संयोजकमा वसन्त पन्थीले जिम्मेवारी पाएका छन् ।क्लबको अवार्ड व्यवस्थापन संयोजकमा सोमबहादुर नेपाली, इन्टरक्लब को अर्डिनेटरमा गोपाल थापा, सहयोग व्यवस्थापन संयोजकमा फणिन्द्र घिमिरे चयन भएका छन् ।