शुक्लागण्डकी नगरपालिका ऋषिङ गाउँपालिकाको आयोजनामा यही मंसिर १९ गतेबाट शुरु भएको अन्तर स्थानीय तह दोस्रो खुल्ला भलिवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
मंसिर १९ देखि २२ सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको प्रथम संस्करणको २०७७ को प्रथम अध्यक्ष कप शुक्लागण्डकी नगरापलिकालेनै जितेको थियो । यस बर्ष पनि शुक्लागण्डकी नगरपालिका फाईनलमा पुगे सँग जित्ने सम्भावना बढेर गएको छ । बुधबार विहान हुने गल्कोट नगरपालिका, बाग्लुङ्ग र विरुवा गाउँपालिका, स्याङ्जा खेलमा जित्ने टीम सँग फाईनलका लागि प्रतिश्पर्धा हुने शुक्लागण्डकी टिमका प्रशिक्षक टुक बहादुर गुरुङले वताए । दोस्रो ऋषिङ कपको प्रथम पुरस्कार रु १ लाख ३० हजार, दोस्रो १ लाख र तेस्रो ६० हजार रहेको छ । फाईनल खेल बुधबार १२ बजे दमौली पारी झापुटारमा हुने आयोजकले बताएको छ ।