दमौली । नेपाली कांग्रेको १४ औं महाधिवेशन मंसिर २४ देखी २६ गतेसमम सुरु हुदै छ । महाधिवेशन नजिकीएसंगै पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरुले आफ्नो दाबी पेश गर्न थालेका छन् । जस अन्र्तगत तनहुँबाट पनि केन्द्रिय पदका लागि धेरै आकाङ्क्षीहरु देखिएका छन् ।
तनहुँबाट कांग्रेस महाधिवेशनमा केन्द्रिय सभापति पदका लागि वरिष्ठ नेता एवम् पूर्व उपसभापति रामचन्द्र पौडेलले उम्मेद्ववारीका लागि आकांक्षा व्यक्त गरेका छन् । उनको उम्मेद्ववारी तय गर्नका लागि संस्थापन ईतरका नेताहरुको आजको बैठक भने निष्कर्षमा पुग्न सकेन । यसै गरी केन्द्रिय सदस्य एवम् पूर्व वनमन्त्री शंकर भण्डारीले अझसम्म पनि केन्द्रिय पदाधिकारी वा सदस्य के मा उम्मेद्ववारी दिने भन्ने एकिन नभएको उनि निकट एक नेताले बताए ।
अघिललो महाधिवेशनमा लोकप्रिय मतका साथ ५ औं नम्बरमा केन्द्रिय सदस्य जितेका युवा नेता प्रदिप पौंडेलले लामो समय अघिदेखी आफु महामन्त्री पदमा उठ्ने घोषणा गरिसकेका छन् । यसै गरी नेवि संघका पूर्व अध्यक्ष समेत रहेका हालका केन्द्रिय सदस्य गोविन्द भट्टराई सहमहामन्त्रीमा उम्मेद्ववारी दिने भन्दै सार्वजनिक संञ्जाल मार्फत आफ्को उम्मेद्ववारी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा रामचन्द्र पोख्रेल, धु्रव वाग्ले, दोबाटे विशवकर्मा, प्रकाश पन्त, आनन्द त्रिपाठी र दिपक भट्टराईले समेतले केन्द्रिय सदस्यमा आकाङ्क्षा व्यक्त गरेका छन् ।