थप्रेक । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १७ वर्षीय रोमित मल्ल रहेको जिल्ला प्रहरी तनहुँले जनाएको छ ।
आईतबार रातको समयमा रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएको बेला गोलि लागेर मृत्यु भएको डिएसपी युवराज खड्काले जानकारी दिए । खड्काका अनुसार रातको समयमा ४७ वर्षीय सुनबहादुर गुरुङको साथमा मल्ल सिकार खेल्न गएका थिए ।
घटनापछि प्रारम्भिक अनुसन्धान गर्दा रोहितले नै बन्दुक बोकेको देखिन आएको प्रहरीले जनाएको छ । अहिले घटनाको बिषयमा थप अनुसन्धानको लागि मृतक मल्लका छिमेकी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।