खैरेनिटार । सामाजिक कार्यमा सक्रिय रहदै आएको लियो क्लब अफ खैरेनिटार दुलेगौंडा मन्त्रले ६४ अन्तर्राष्ट्रिय लियो दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै जिएलटी संयोजक सुजित हिराचनले सामाजिक कार्यहरुमा सक्रियताका साथ अगाडि बढ्न क्लबका सदस्यहरुलाई आग्रह गरे । क्लबका अध्यक्ष नवीन घिमिरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष पिताम्बर तिमिल्सिना लगायतको क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो भने क्लबका सचिव धिरज खत्रिले कार्यक्रम संञ्चालन गरेका थिए ।