दुलेगौंडा । १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसविका दिवसको अवसरमा आज देशभरीका महिला स्वयमसेविकाहरुले विविध कार्यक्रम गरि मनाएका छन् । जस अन्र्तगत आज तनहुँको शुक्लागण्डकी नगरपालिकामा पनि सामुहिक अन्तरक्रिया कार्यक्रमको बिच यो दिवस मनाईएको छ ।
अन्तरक्रिया कार्यक्रममा स्वयमसेविकाहरुले वडा कार्यालयले आफुहरुलाई बेवास्था गरेको गुनासो गरेका थिए । वडामा आम नागरीकको स्वास्थ राम्रो बनाउनका लागि अहोरात्र खटिएता पनि वडा कार्यालयबाट हुने कार्यक्रमहरुमा आफुहरुलाई छुटाउने गरेको उनिहरुको भनाई रहेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै एक स्वास्थ्य स्वयम्सेविकाले भनिन्, ‘वडाबाट हुने हरेका कार्यमा टोल अध्यक्ष, समाजसेवी, आम नागरीक आदिलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्ने गर्नछन् तर हामीहरुलाई कार्यक्रममा समेत बोलाईन्न । हामीहरुलाई पनि वडा कार्यालयबाट हुने कार्यक्रमहरुमा सहभागिता गराईदिए हुन्थ्यो ।’
अन्तरक्रिया कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले स्वास्थ्य स्वयमसेविकाहरुबाट आएको गुनाको सम्बोधन गर्न नगरपालिकामा प्रस्ताब राख्ने बताए । श्रीबास्तबका अनुसार अहिले नगरपालिका भित्र ५७ जना स्वास्थ्य स्वयम्सेविकाहरु रहेका छन् ।