दुलेगौंडा । लियो क्लब अफ खैरेनिटार दुलेगौंडा मन्त्रले आफ्नो बार्षिक कार्ययोजना अनुसार पञ्चमुनिदेव माध्यामिक विद्याययमा अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकाल प्रतियोगित सम्पन्न गरेको छ । विद्यार्थीको क्षेमता र नेतृत्व विकास गर्ने उद्देश्यले प्रतियोगिताको अयोजना गरेको कार्यक्रम संयोजक प्रज्वल गुरुङले जानकारी दिए ।

‘सिकै, नेतृत्व गरौ र सेवा गरौं’-(learn ,lead and serve) शिर्षकमा भएको वक्तृत्वकाल प्रतियोगितामा पञ्चमुनिदेव माध्यामिक विद्यालयकी विमला पराजुलि प्रथम भएकी छिन् । प्रथम भए संगै उनिले प्रमाण पत्र सहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेकी छिन् ।
यसै गरी प्रतियोगितामा ब्राईट फियचर ईग्लीस बोर्डिङ्ग स्कुलकी सम्पदा हमाल द्धतीय भएकी छिन् भने अरनिको आवसिय माध्यामिक विद्यालय कवासेकी श्रेया थापा तृतीय भएकी छिन् । उनिहरुले क्रमश पमाण पत्र सहित नगद तीन हजार र दुई हजार रुपौंयाँ प्राप्त गरेका छन् ।
क्लबका अध्यक्ष नविन घिमिरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लबका सिनियर एओजि मोतिप्रसाद पौडेल, पञ्चमुनिदेव माविका प्रअ धु्रवकुमार मल्ल, लायन्स क्लब अफ तनहुँ खैरेनिटारका प्रेसिडेन्ट पिताम्बर तिमिल्सेना, भाईस प्रेसिडेन्ट नारायण पोखरेल लगायतको उपस्थिती रहेको थियो भने क्लबका सचिव धिरज खत्रीले कार्यक्रमको संञ्चालन गरेका थिए ।