• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

अपाङ्गता भएका नागरीकलाई सहयोग सामाग्री

हरि खरेल by हरि खरेल
December 3, 2021
in स्थानीय समाचार
A A
0
अपाङ्गता भएका नागरीकलाई सहयोग सामाग्री
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगर स्तरीय अपाङ्गता संञ्जालले अपाङ्ग भएका नागरीकलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा संञ्जालले ३० जना अपाङ्ग भएका नागरीकलाई शुक्रबार ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सहयोग सामाग्री हस्तान्तरण गरेको हो । जसमा १४ जनालाई ह्विल चियर, १५ जनालाई साधारण लठ्ठी र एक जनालाई सर्जिकल बेड हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला बल्ब न्यौपानेले अपाङ्गता भएका नागरीकको पहिचान गरि उनिहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीसंग जोडेर अगाडी बढाउनुपर्नेमा जोड दिए । यसका लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा आफु सकारात्मक भएको उनको भनाई छ । ‘अहिलेको यो समयमा अपाङ्ग भएका व्यक्तिहरुले आफ्नो पहिचानको लागि लडिरहनु परेको छ । उहाँहरुको सुविधाको लागि मागिरहनु परेको छ । कसैले दिए जस्तो र कसैले मागे जस्तो भएको छ । वास्तवमा यो देशका नागरीक अपाङ्ग हुदैमा दोस्रो दर्जाको हुनुपर्ने भन्ने केही पनि छैन् ।’ उनले भने , ‘विश्वमा धेरै मुलुकामा अपाङ्गता भएका नागरीकहरु मन्त्री हुनुहुन्छ । नगरपालिकाका, महानगरपालिका प्रमुख हुनुहुन्छ, उहाहरुले पनि आफ्नो ठाउँबाट लडिरहनु भएको छ । हाम्रोमा पनि अधिकारकर्मीहरु, सरोकारवाल निकाय, वर्ग संस्था धेरै छन् । तर, उहाँहरुको सार्थक सक्रियता आवश्यक छ, तब मात्रै अपाङ्गता भएका व्यक्तिहरुले वास्तविक पहिचान प्राप्त गर्ने र पहिचान अनुसारको सुविधा प्राप्त हुन्छ । यसले गर्दा राज्यका विभिन्न निकायहरुमा उहाँहरुको सहभागिता सुनिश्चित हुन सक्छ ।’

नगरपालिकाले अपाङ्गता भएको नागरिकको पहिचान गर्नका लागि परिचय पत्र वितरण गरेको अपाङ्गता समन्वय समितिकी सचिव एवम् सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले जानकारी दिईन । उनका अनुसार हाल शुक्लागण्डकी नगरपालिकामा क वर्गका १ सय ७४, ख वर्गका २ सय ८१, ग वर्गका १ सय ४४ र घ वर्गका ८२ वना गरि ६ सय ७८ जनालाई परिचय पत्र वितरण गरिएको छ । नगरले अपाङ्गता भएका व्यक्तिहरुको उपचारमा सहज गराउनका निम्ती वृहत स्वास्थ्य शिविर पनि संञ्चालन, नेतृत्व विकास कार्यक्रम लगायतका विविध क्रियाकलाप संञ्चालन गरेको पाोख्रेलको भनाई छ । नगरले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा गरेको कार्यले तनहुँ जिल्लामै उत्कृष्ट पुरस्कार पनि प्राप्त गरेको बताईन् ।

अपाङ्गता संञ्जालका अध्यक्ष पूर्णबहादुर सुनारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा कोशिष संस्थाकी सदस्य ऋषिका पोख्रेल, वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण पौडेल, अपाङ्गता समन्वय समितिका सदस्य दामोदर रेग्मी लगायतले शुभकामना मनतव्य दिएका थिए । कार्यक्रममा संञ्जालकी उपाध्यक्ष मोतिसरा वि.कले शुभकामना दिएकी थिईन भने संञ्जालका सचिव माधव भट्टराईले कार्यक्रमको संञ्चालन गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.