चितवन । एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्ष पदामा निर्वाचित भएका छन् । अध्यक्ष पदको लागि भएको निर्वाचनमा १ हजार ८ सय ४० मत सहित ओली विजयी भएका हन् । उनका प्रत्यासी भिम रावलले दुई सय २३ मत प्राप्त गरेका थिए ।
अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु भएको महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो ।
ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्षमा निर्वाचित भएका थिए ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन्। तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भईसकेका छन् । नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।