चितवन । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट नेकपा एमालेको उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चुनिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले ज्ञवाली, गुरुङ र रिमाललाई उपमहासचिव बनाउन प्रस्ताव गरेका थिए । सोमबार बिहान मनोनयन गर्ने समयसम्म पनि अरु कसैले उम्मेदवारी नदिएपछि तीनै जना उपमहासचिवमा सर्वसम्मत भएका हुन् ।
एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल पनि सर्वसम्मत भएका छन् । अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ ।