दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा रहेको सुरौदी कृषि सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिका–९ को नेवार समाज भवनमा भएको कार्यक्रममा सभाले भावि कार्यक्रमको बिषयमा छलफल गरि प्रतिवेदन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले छरिएर रहेका पुँजीलाई एकत्रित गरी उद्यमशिलतामा लगानी गनुपर्नेमा जोड दिए । उनका अनुसार विउ विजन र कृषि कार्य सम्बन्धी तालिमको लागि वडा कार्यालयले सहकारीसंग सहकार्य गरि अगाडी बढ्ने छ । वडा नम्बर ९ र १२ का सेयर सदस्यहरु एकजुट भएर अगाडी बढ्न सकेमा सहकारीले आफ्नो क्षेत्रमा राम्रो प्रभाव पार्न सक्ने श्रेष्ठको भनाई छ ।
सहकारीका अध्यक्ष दोकबहादुर तामाङले संस्थाको उद्देश्य अनुसार प्रदेश र स्थानीय सरकारसंग समन्वय गरि व्यवसायिक कृषि कार्यलाई प्रोत्साहन गर्ने तर्फ अग्रसर हुदै जाने बताए । सहहकारी नाफामुलक संस्था नभएको हुदाँ स्थानीय स्तरमा रहेका विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति दिने व्यवस्था ल्याएको बताए । अध्यक्ष तामाङका अनुसार संस्थाको सेयर पुँजि ५२ लाख ९८ हजार ५ सय रहेको छ भने निक्षेप तर्फ ३५ लाख र लगानि तर्फ ३० लाख रहेको छ ।
सहकारीका अध्यक्ष दोक बा.तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य दिलबहादुर थापा, लिलाचोक टोलविका संस्थाका सदस्य कृष्णप्रसाद गौतम, कुलबहादसर थापा आले लगायले शुभकामना मन्तव्य दिएका थिए भने संस्थाका सचिव नवराज गौतमले कार्यक्रम संञ्चालन गरेका थिए ।