नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रथम शुक्लागण्डकी नगर अधिबेशन आज दुलेगौंडा स्थित व्ह्याइट हाउस पार्टी प्यालेसमा हुदै छ ।
अध्यक्ष प्रचण्डबाट अनलाईन मार्फत देशका ७५३ वटै स्थानीय तहमा एकै साथ अधिबेशन उद्घाटन हुने ब्यबस्था पार्टी केन्द्रिय समितिले मिलाएको शुक्लागण्डकी नगर कमिटि सचिब मनराज गुरुङले वताए ।
शुक्लागण्डकी नगरपालिको आजको प्रथम अधिबेशनबाट अध्यक्षमा १ जना, उपाध्यक्ष ३ जना, सचिबमा १ जना सहसचिब १ जना रहने गरी कुल ६५ सदस्यीय कार्य समितिको चयन हुने समेत गुरुङले बताए । आजको अधिबेशनमा कुल २०० सदस्यीय प्रतिनिधि रहेको र उनीहरु मार्फत पदाधिकारी चयन हुने प्रक्रिया रहेको गुरुङले बताए ।
अध्यक्ष प्रचण्ड प्रमुख अतिथि रहने गरी देश भर एकै साथ उद्घाटन हुने शुक्लागण्डकी नगरपालिकाको प्रथम नगर अधिबेशनमा केन्द्रिय सदस्य आशा कोईरालाकोको बिशेष उपस्थिति रहने बताईएको छ ।