नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत मङ्सिर ११ गते हुने तनहुँको जिल्ला अधिबेशनमा हालका जिल्ला सभापति बैकुण्ठ न्यौपाने र उप सभापति जित प्रकाश आलेको प्यानल बीच प्रतिष्पर्धा हुने पक्का भएको छ ।
बिहिबार दुवै पक्षले छुट्टाछुट्टै प्यानल तयार गरी मनोनयन दर्ता गराएका हुन् । हालका सभापति एवं ब्यास नगरपालिकाका प्रमुख समेत रहेका बैकुण्ठ न्यौपानेको प्यानल तर्फ उप सभापतिमा उदयराज गौली र किसान गुरुङ, सचिबमा केशर बहादुर सुनार र मोहन गिरी र सह सचिबमा मिलान आले र धिरेश खनाल रहेका छन् ।
त्यस्तै हालका उप सभापति रहेका सभापतिका उम्मेदवार जित प्रकाश आले तर्फ उप सभापतिमा राजेन्द्र कुमार श्रेष्ठ र देब कुमार श्रेष्ठ, सचिबमा लक्ष्मी भक्त खनाल र सहदेब अधिकारी र सह सचिबमा परमेश्वर भट्टराई र हुतमणि अधिकारी रहेका छन् ।