दुलेगौंडा । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन भोलि चितवनको नारायणी नदी किनारमा सुरु हुने भएको छ । देशैभरबाट करिब पाँच लाख कार्यकर्तालाई ल्याएर महाधिवशेनलाई भव्य र ऐतिहासिक बनाइने एमाले पार्टीको दाबी छ ।
भोलि हुने अधिवेशनमा तनहुँ जिल्लाबाट पनि १५ हजार कार्यकर्ता चितवन जाने नेकपा शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्ति तिमिल्सेनाले बताए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकाबाट मात्रै ३० वटा बस र १७÷१८ वटा साना सवारीमा कार्यकताहरु चितवन पुग्ने छ । भोलिको अधिवेशनमा देबघाट गाउँपालिकाबाट बढी मात्रामा कार्यकर्ताहरु चितवन जाने अध्यक्ष तिमिल्सेनाको भनाई रहेको छ ।
१० औं महाधिवेशनमा स्थायी कमिटि सदस्य किरण गुरुङ, केन्द्रिय सदस्य एबहादुर राना, सल्लाहार सदस्यबाट संविधानसभा सदस्य टुकराज सिग्देल, ददिराज सुवेदी लगायत प्रतिनिधिहरुको उपस्थित हुने छ ।