दुलेगौंडा । ईन्जिनियरहरुको छाता संगठन नेपाल ईन्जिनियर्स एशोसिएसन (ने.इ.ए) को निर्वाचन यही मंसिर २४ गते हुदैछ । निर्वाचन नजिकीए संगै उम्मेद्वारीहरु चुनावि माहोलमा होमिएका छन् । बिहिबार सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) तनहुँले पनि दमौलीमा निर्वाचनको प्रचार प्रसारको लागि उमेदवार परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले ईन्जिनियरको न्यायका लागि आफुले आवश्यक परेको क्षेत्रमा पहल गर्ने बताए । साथै ईन्जिनियर्स एशोसिएसनको आउदै गरेको निर्वाचनको लागि सिडेन प्यानलबाट लागि उठेका केन्द्रिय र गण्डकी प्रदेशका उम्मेद्वारलाई विजयको लागि शुभकामना व्यक्ति गरे ।
नेपाल ईन्जिनियर्स एशोसिएसनको केन्द्रिय अध्यक्ष पदका उम्मेद्वारको रुपमा ई.डा. हरिबहादुर दर्लामी र गण्डकी प्रदेश कार्यकारिणिक समितिको अध्यक्षका लागि ई. विजेन्द्र केसि रहेका छन् । केन्द्रिय र गण्डकी दबै क्षेत्रमा प्यानलै विजय गराउनका लागि प्रचार प्रसार कार्य सुरु गरेको सिडेल तनहुँका सभापति तारापति भट्टराईले जानकारी दिए । सभापति भट्टराईले आउदो निर्वाचनमा पेन र निओन प्यानललाई हराउदै सिडेन प्यानको जित सुनिश्चित रहेको दाबि गरे ।
सिडेन तनहुँका सभापति भट्टराईको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सिडेनका केन्द्रिय अध्यक्ष उमेशप्रसाद थानि, सिडेन कास्की जिल्ला सभापति ई.सिरसकुमार बास्तोला, ने.इ.ए केन्द्रिय अध्यक्ष पदका उम्मेद्वार ई.दलामी, केन्द्रिय महासचिवका उम्मेद्वार रविभुषण झा, केन्द्रिय उप–महासचिवका उम्मेद्वार सरोज धिताल, ने.इ.ए गण्डकी प्रदेश अध्यक्ष पदका उम्मेद्वार ई. केसी, केन्द्रिय सदस्यका उम्मेद्वार ई. रविन्द्रलाल मुल, सागर भट्टराई, गण्डकी प्रदेस सचिब पदका उम्मेद्वार अन्जन थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सिडेन तनहुँका उप–सभापति ई. होमनाथ गौतमले स्वागत मन्तव्य दिएका थिए भने सदस्य प्रदिप सिग्देलले कार्यक्रम संञ्चालन गरेका थिए ।