बेलचौतारा । माओवादी केन्द्र निकट विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) भानुभक्त बहुमुखी क्याम्पस कमिटिले क्याम्पस परिसरमा डस्टविन राखेको छ ।
अव्यवस्थित रुपमा रहेको पÞmोहोरलाई व्यवस्थापन गर्न क्याम्पस परिसरमा डस्ट्विन राखिएको कमिटिकी अध्यक्ष विनिता भण्डारीले बताईन् । ‘क्याम्पस आउदाँ निस्केका फोहोर राख्ने ठाउँ छैन् । जथाभावि फोहोर फाल्दा क्याम्पस परिसर फोहोर हुने, क्याम्पसले पनि फोहोर व्यवस्थापनको लागि खासै चासो नदिएको पाईएन त्यसैले कमिटि मार्फत हामीले डस्टविन राखेका हौं ’,उनले भनिन् । कमिटिले आज एक कार्यक्रम बिच ६ थान डस्टविन क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा वाईसिएलका केन्द्रिय सदस्य एवम् शुक्लागण्डकी नगर कमिटीका इन्चार्ज शरण सापकोटा, अखिल क्रान्तिकारी तनहुँ जिल्ला कमिटीका अध्यक्ष मिलन महत, अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य तथा क्याम्पस कमिटीका सचीव भक्तबहादुर बिक लगायतको उपस्थिति रहेको थियो ।