नेका तनहुँ क्षेत्र नं २ को महाधिबेशनमा प्रतिनिधिमा मिश्रित नतिजा
नेपाली काँग्रेसको १४ औ महाधिबेशनका लागी तनहुँ क्षेत्र नं २ को क्षेत्रीय अधिबेशन मार्फत चुनिने महाधिबेशन प्रतिनिधिको नतिजा मिश्रीत आएको छ । क्षेत्रीय कार्य समितिका लागी कृष्णराज पण्डित र चुडामणि खनालको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । सोमबार सम्पन्न निर्वाचनको नतिजा ढिला गरि मंगलबार साँझ मात्रै आएको थियो ।
तनहुँको क्षेत्र नं २ बाट कुल २५ जना महाधिबेशन प्रतिनिधि निर्वाचित हुने ब्यबस्था भए अनुसार सोमबार सम्पन्न निर्वाचनबाट पण्डित र खनाल प्यानलको मिश्रीत परिणाम आएको हो ।
महाधिबेशन प्रतिनिधि निर्वाचित हुनेहरुमा खुल्ला तर्फ क्रमश जितप्रकाश आले, ध्रुब वाग्ले, राजेन्द्रकृष्ण श्रेष्ठ, झुल बहादुर आले, मिलन आले , किसान गुरुङ्ग, महेश्वर भट्टराई, जीवन शर्मा, भक्त बहादुर श्रेष्ठ र प्रा.डा. कृष्ण प्रसाद गौतम रहेका छन् । त्यस्तै खुल्ला महिला तर्फ माया राना, इन्दिरा सिग्देल, तुलसी माया अधिकारी र बिष्णु वाग्ले रहेका छन् । खस आर्य तर्फ डिल्लीराम अधिकारी, खस आर्य महिला तर्फ लक्ष्मी सिग्देल निर्वाचित भएका छन् । जनजाती तर्फ चाम बहादुर थापा, भिम बहादुर थापा र मोहन श्रेष्ठ निर्वाचित भएका छन् भने जनजाती महिला तर्फ गिनुमाया थापा, नर माया थापा र पम्फा थापा निर्वाचित भएका हुन् । दलित तर्फ रामकृष्ण बिक. दलित महिला तर्फ दिब्यश्वरी बिक र अल्पसंख्यक तर्फ गंगाराम कुमाल निर्वाचित भएका छन् ।
महाधिबेशन प्रतिनिधिमा निर्वाचित किसान गुरुङ, प्रा. डा. कृष्ण प्रसाद गौतम, मिलन आले र चाम बहादुर थापा बाहेक सबै संस्थापन पक्षका हुन् ।
क्षेत्रीय निर्वाचन सकिए संगै अब नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताको ध्यान यहि मङ्सिर १० गते हुने जिल्ला अधिबेशन तर्फ मोडिएको छ । पालिकाको समिकरणमा क्षेत्रसम्म आउदा केहि फरक भए पछी प्रदेश र क्षेत्रीय अधिबेशनले फरक माहौल ल्याएको थियो ।