नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल निवाचित भएका छन् । खसेको कुल ८ सय ६० मत मध्य ४४७ मत प्राप्त गरी उनि क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कृष्णराज पण्डितले ३९६ मत प्राप्त गरे ।
कुल खसेको मत मध्ये तनहुँ क्षेत्र न २ को (क) बाट ४ सय ४४ मत रहेको छ भने, क्षेत्र नं. २ को (ख) बाट ४ सय १६ मत खसेको छ । तनहुँको क्षेत्र नं २ मा मतदाताको संख्या ८ सय ६६ रहेको थियो ।
सोमबार राति अबेर गरी शुरु गरिएको मतगणनाको बिहान ११.३० बजे सभापतिको मत परिणाम सार्बजनिक भएको हो। सभापतिमा निर्वाचित खनाल नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष समेत हुन । यस अघिको महाधिबेशनमा महाधिबेशन प्रतिनिधि रहेका उनि तनहुँ क्षेत्र नं ३ को पुर्व सचिब पनि हुन् ।
क्षेत्रीय कार्यसमिति अन्तर्गत अन्य पदाधिकारीमा समेत चुडामणि खनाल प्यानलका उम्मेदवारहरुले जित हासिल गरेका छन् । सचिबमा खनाल प्यानलका जीवन चन्द ठकुरीको ५१७ र सन्तोष घिमिरेले ४८३ मत ल्याएर बिजयी भए भने पण्डित प्यानलका पूर्ण चन्द्र घिमिरेले ३१५ र प्रेम बहादुर थापाले ३५३ प्राप्त गरेका छन् ।
सह सचिवमा खनाल प्यानलका चित्र बहादुर रानाले सर्वाधिक मत ५३६ र याम बहादुर थापाले ५०३ मत सहित बिजयी भएका छन् भने पण्डित प्यानलका टुकराज श्रेष्ठले २९८ र नरसिं रानाले ३१९ मत प्राप्त गरेका छन् । अन्य सदस्य पदमा समेत खनाल पक्षकै उम्मेदवारहरु बिजयी भएका छन् ।
१४ औ महाधिबेशनका लागी क्षेत्रीय अधिबेशन मार्फत चुनिने महाधिबेशन प्रतिनिधिमा भने दुवै तर्फका उम्मेदवारहरुको मिश्रीत अग्रता देखिएको छ । महाधिबेशन प्रतिनिधि तर्फ जित प्रकाश आले, ध्रुव वाग्ले, किसान गुरुङ, झुल बहादुर आले, राजेन्द्र कृष्ण श्रेष्ठ, प्रा.डा. कृष्ण प्रसाद गौतम, मिलन आले, जीवन शर्मा, भक्त बहादुर श्रेष्ठ, चाम बहादुर थापा, माया देबी राना, इन्द्र कुमारी सिग्देल, इन्दिरा खनाल, तुलसी माया अधिकारी, याम बहादुर खांड ठकुरी, शेरजंग गुरुङ, पम्फा थापा, गिनु थापा, रामकृष्ण बिक, दिब्यश्वरी बिक, बाल कुमारी रेग्मी लागएतको अग्रता कायाम रहेको छ ।