नेपालि कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको तनहुँ क्षेत्र नं २ को निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।हिजो भएको मतदानका क्रममा ८ सय ६० मत खसेको थियो । कुल खसेको मत मध्ये तनहुँ क्षेत्र न २ को (क) बाट ४ सय ४४ मत रहेको छ भने, क्षेत्र नं. २ को (ख) बाट ४ सय १६ मत खसेको छ । तनहुँको क्षेत्र नं २ मा मतदाताको संख्या ८ सय ६६ रहेका थिए ।
सोमबार राति अबेर गरी शुरु गरिएको मतगणनाको बिहान ८ बजे सम्म गणना गरिएको ४०० मतमा क्षेत्रीय सभापतिमा कृष्णराज पण्डितले २०८ मत सहित अग्रता लिएका छन् भने सभापतिका अर्का उम्मेदवार चुरामणी खनालले १८३ मत प्राप्त गरेका छन् ।
क्षेत्रीय कार्यसमिति अन्तर्गत अन्य पदाधिकारीमा भने चुरामणी खनाल प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् । सचिबमा खनाल प्यानलका जीवन चन्द ठकुरीको २०३, सन्तोष घिमिरेको २१५ छ भने पण्डित प्यानलका पूर्ण चन्द्र घिमिरेले १७६ र प्रेम बहादुर थापाले १७१ प्राप्त गरेका छन् ।
सह सचिवमा खनाल प्यानलका चित्र बहादुर रानाले २२७ र याम बहादुर थापाले २०७ मत सहित अग्रता लिएका छन् भने पण्डित प्यानलका टुकराज श्रेष्ठले १५९ र नरसिं रानाले १७६ मत प्राप्त गरेका छन् । अन्य सदस्य पदमा समेत खनाल पक्षकै अग्रता रहेका छ ।
१४ औ महाधिबेशनका लागी क्षेत्रीय अधिबेशन मार्फत चुनिने महाधिबेशन प्रतिनिधिमा भने दुवै तर्फका उम्मेदवारहरुको मिश्रीत अग्रता देखिएको छ । महाधिबेशन प्रतिनिधि तर्फ जित प्रकाश आले, ध्रुव वाग्ले, किसान गुरुङ, झुल बहादुर आले, राजेन्द्र कृष्ण श्रेष्ठ, प्रा.डा. कृष्ण प्रसाद गौतम, जीवन शर्मा, चाम बहादुर थापा, माया देबी राना, इन्दिरा खनाल, याम बहादुर खांड ठकुरी, शेरजंग गुरुङ, पम्फा थापा, गिनु थापा, प्रकाश बिक, दिब्यश्वरी बिक, बाल कुमारी रेग्मी लागएतको अग्रता कायाम रहेको छ ।