दुलेगौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भोलि क्षेत्रीय अधिवेशन हुदै छ । अधिवेशनको लागि तनहुँको क्षेत्र नं २ को सभापतिका लागी नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा उद्योग बाणिज्य संघ तनहुँको पुर्व अध्यक्ष कृष्णराज पण्डित र महाधिबेशन प्रतिनिधि तथा नेबिसंघ तनहुँका अध्यक्ष चुडामणि खनाल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुबैले सभापतिको उम्मेदवारी किन भन्ने बिषयमा दिएको तर्क तल प्रस्तुत गरिएको छ :
संगठनलाई मजबुद बनाएर प्रतिपक्षसंग कांग्रेसलाई बिजय बनाउने लक्ष्यका साथ सभापतिमा उम्मेद्वारी दिएको छु : कृष्णराज पण्डित
कांग्रेसको संगठन बलियो बनाई प्रतिपक्षसंग कांग्रेसलाई बिजय बनाउने लक्ष्यका साथ उम्मेद्वारी दिएको सभापतिका उम्मेद्वार कृष्णराज पण्डित बताए । उनले पार्टी भित्र रहेका आन्तरीक कलहलाई समाधान अगाडी बढ्ने बताए । ‘काग्रेस कम रहेका क्षेत्रमा कांग्रेसमय बनाउन सामाजिक काम गर्नेछु साथै युवालाई विकास र रोजगारीसंग जोडेर कांग्रेसलाई अगाडी बढाउनका निमित्त आफ्नो अनुभबलाई क्षेत्रिय सभापति मार्फत समग्र कांग्रेसलाई प्रयोग गरेर संगठन मजबुद बनाउनका लागि मैले उम्मेद्वरी दिएको छु ।’
गाउँ गाउँमा गएर काग्रेसको संगठन बलियो बनाउने छु : चुडामणि खनाल
१४ औं महाधिवेशन अन्र्तगत क्षेत्रीय अधिवेशनमा सभापतिका उम्मेद्वार दिएका चुडामणि खनालले गाउँ गाउँमा संगठन विस्तार गरेर सबै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी गराउनका लागि उम्मेद्वारी दिएको बताए । ‘तनहुँ काग्रेसको गण भनेर चिनिएता पनि गएको निर्वाचनामा प्रदेशका चार वटा र केन्द्रका दुई वटा सिट हामी हारिरहेका छौ । यसमा गाउँ गाउँ गएर संगठन गरेर, कांग्रेसलाई बलियो बनाउनका लागि र कांग्रेसलाई जिताउनका लागि मैले अहिले १४ औं महाधिवेशनको लागि सभापतिको उम्मेद्वर दिएको छ ।’ खनालले क्षेत्रीय अधिवेशनमा हार वा जिते जे भएता पनि भोलिका दिन एकै ठाउँबाट उठेर कम्युनिष्ट संग प्रतिशपर्धा गरि स्थानिय, प्रदेश र केन्द्रको चुनावमा कांग्रेसलाई अगाडी बढाउनका लागि तयार रहने बताए ।