बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारमा रहेको भानुभक्त बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थी र प्राध्यापकलाई स्वागत गरिएको छ । बिएड/बिबिएस दोस्रो, तेस्रो, र चौथो बर्षका विद्यार्थीको समुहले सामुहीक रुपमा स्वागत तथा सम्मान कार्यक्रम गरेका थिए ।
कार्यक्रममा बिएड र बिबिएस प्रथम बर्षका विद्यार्थी संग संगै प्राध्यापक सुनिता हमाल, सम्झना भट्टराई, नवराज घिमिरे, उत्तम तिवारी र बन्धुराज अधिकारी स्वागत तथा सम्मान गरिएको थियो ।
स्वागत कार्यक्रममा बोल्दै क्याम्पस प्रशासन समितिका अध्यक्ष प्राध्यपक डा. चन्द्र बहादुर थापाले क्याम्पसको शैक्षिक गुणस्तर क्रमिक रुपले विकास हुदै गएको बताए । ‘क्याम्पस हिजोमा पनि राम्रो थियो, आजमा पनि राम्रो छ र भोलि पनि राम्रो हुनेछ । क्याम्पसको शैक्षिक क्षेत्रको गुणस्तरमा क्रमिक रुपमा विकास भईरहेको छ ’, उनले भने । प्राध्यापक डा. थापाका अनुसार सुरुमा ५० जना बाट सुरु भएको क्याम्पसमा हाल ६ सय भन्दा बढी विद्यार्थीहरु रहेका छन् ।
क्याम्पसका प्रमुख रमेश बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख धनप्रसाद पोख्रेल, क्याम्पस संञ्चालक समिति सदस्य एवम् लेखा संयोजक दुर्गाकुमार श्रेष्ठ, समितिका सदस्य देबलाल खनाल, विविएस दोस्रो बर्षका विद्यार्थी सुजन तिमिल्सेना लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संञ्चालन श्रीराम मरासेनीले गरेका थिए ।