पोखरा । कास्कीको पोखरा महानगरपालिका ३२ राधाकृष्ण टाेलमा रहेको राधाकृष्ण संस्कृतिक समुहको सातौ साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा विष्वभुषण खनाल चयन भएका छन् ।
शनिबार सम्पन्न भएको अधिवशनबाट उपाध्यक्षमा झलक थापा, सचिवमा पुष्पराज पौडेल, कोषध्यक्षमा रुद्रकुमारी खनाल र सह सचिवमा पशुराम पौडेल चयन भएका छन् । यसै गरि सदस्यहरुमा प्रकाशचन्द्र वाग्ले, मनबहादुर कुवर, पार्वति लामिछाने र जानुका खनाल चयन भएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली कंग्रेस कास्की जिल्ला सदस्य एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रम मुल प्रबन्ध समितिका कार्यवाहक अध्यक्ष गणेशबहादुर खत्रीले समुहले संस्कृतिको संरक्षणमा महत्वपूर्ण भुमिका खेलेको बताए । समुहले गरेको कार्यमा आफुले पनि संग संगै भएर अगाडी बढ्ने बताए । कार्यक्रममा बोलदै संस्थाका संस्थापक अध्यक्ष भुलाप्रसाद भण्डारीले समुहको भजन तथा बालन नृत्य राष्ट्रिय रुपमा परिचित गराउन अग्रसर हुनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष विजया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मोहनराज वरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव सञ्जय राज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।