बेलचौतारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय महासचिव समिक बडालले विश्व विद्यालयले उत्पादन गरेका दक्षजनशक्ति स्वदेशमा नै सम्मानपूर्वक बस्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बडालले उत्पादीत जनशक्ति विदेशी भुमिमा नभई स्वदेशी भुमिमा नै लगानि हुनुपर्ने बताए । ‘हाम्रा विश्व विद्यालयबाट उत्पादन भएका जनशक्ति विदेशीको सेवामा होईन, नेपाली जनताको सेवा गर्न तयार हुनुपर्छ’, उनले भने ।
शिक्षा ऐन निर्माणमा अनेरास्वीयुको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ । विपक्षि संगठनले शैक्षिक मुद्धाका सन्दर्भमा कुनै पनि बहस नगरेको र योजना अगाडी नसारेको कारण शैक्षिक आन्दोलनको अगुवा संगठनका रुपमा पनि अनेरास्ववीयुलाई लिन सकिने उनको दाबी छ ।
महाधिवेशनको लागि विद्यालय बन्द गरेर चुनाव गराउदाँ देशको शैक्षिक अवस्था सुधार नहुने बडालको भनाई छ । ‘राजनीतिको लागि विद्यालय बन्द गरि शैक्षिक क्षेत्रमा टेवा पुग्छ भन्नु सुर्य पश्चिमबाट उदाउछ भन्नु जस्तै हो’, उनले भने । अखिलले विगत देखी वर्तमानमा निरन्तर विद्यार्थी मैत्री पाठ्यक्रम निर्माण र शैक्षिक क्षेत्रको सुधारका लागि काम गर्दै आएको उनले उल्लेख गरे ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तनहुँका अध्यक्ष नविन वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकीका अध्यक्ष प्रकाश पौडेल, गण्डकी ईन्र्चाज सुजन भट्टराई, नेकपा एमाले तनहुँको जिल्ला कमिटि उपसचिव विष्णुभक्त सिग्देल लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा विशाल ढकाल, निशा श्रेष्ठ लगायतले बोलका थिए ।