नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत शुक्रबार भएको तनहुँ क्षेत्र नं २ प्रदेश सभा १ को निर्वाचनमा जितराज रानाको प्यानल नै बिजय भएको छ । बिजयी उम्मेद्वार जितराज रानाले कुल खसेको ४४३ मा २३८ मत प्राप्त गरेको छन् भने उनका प्रत्यासी हिरा थापाले १९१ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा पशुपति क्षेत्रीले २२९ रेशमलाल पौडेलले २४६ मत सहित बिजय भए भने सचिबमा राजेश कुमार श्रेष्ठले २४४ र हरि भण्डारीले २२३ मत सहित बिजय भए । तेस्तै सह सचिबमा मुक्ति प्रसाद सापकोटाले २२६ र केश बहादुर थापाले २३६ मत सहित बिजय भएका छन् ।
तेस्तै प्रदेश प्रतिनिधि तर्फ खुल्लामा तुल बहादुर गुरूङ २४९, रविचन्द्र पौडेल २४५, लोकेन्द्र थापा २१७, श्रीबहादुर थापा २२९, शिव बहादुर आले २३३, शिवशरण वाग्ले २२९, समुन्द्रराम श्रेष्ठ २१६, बिजय भएका छन् भने महिला तर्फ बासना श्रेष्ठ २२६, बिना खनाल २१४ र सुलोचना गौतम १९९ बिजय भएका छन् ।
समावेशी प्रदेश प्रतिनिधि तर्फा खस आर्य पुरुषमा जुक्त्तराज वाग्ले २२३, खस आर्य महिलामा निशादेवी पौडेल २१९, आादिवासी जनजातिमा अन्जन कुमार श्रेष्ठ “कान्छा” २४७ र हिरालाल गुरूङ २३० जनजाति महिलामा सिता कुमाल २१७, दलितमा डोल बहादुर सुनार २३२ र अल्पसंख्यक/ अपाङ्गमा निर पुन १९३ मत प्राप्त निर्वाचित भएका छन् ।
यस अघिको निर्वाचन र समिकरण हेर्दा हिरा थापा पक्ष बलियो मानिएको यस क्षेत्रमा जितराज रानाको प्यानलले नै जित हासिल गरेपछि अब क्षेत्रीय निर्वाचन प्रति थप चासो भएको छ । क्षेत्र नं २ को ख मा सर्वसम्मत रुपमा अधिबेशन मार्फत नेतृत्व चयन भएको थियो । उक्त क्षेत्रमा पनि राना पक्षकै इन्द्र बहादुर आले सभापति चयन भएका छन् । तनहुँको क्षेत्र नं २ को सभापतिका लागी नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा उद्योग बाणिज्य संघ तनहुँको पुर्व अध्यक्ष एवं हालका प्रदेश उपाध्यक्ष कृष्णराज पण्डित र महाधिबेशन प्रतिनिधि तथा नेबिसंघ तनहुँका अध्यक्ष चुरामणी खनाल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेसको क्षेत्रीय अधिबेशन यहि ६ गते हुदै छ । यस पटकको चुनाबमा अघिल्ल्लो पटक भन्दा फरक धारको समीकरण देखिएको छ । सभापतिमा बिजयी राना पक्षलाई साथ दिएका केन्द्रिय सदस्यहरु स्वयंनै उम्मेदवारसंग मिलेर कार्यकर्ताको घर दैलोमा नै भोट माग्न पुगेका थिए । यसरी केन्द्रिय नेतृत्वनै उत्रिए पछी तनहुँमा कांग्रेसको पछिल्लो राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।