बेलचौतारा । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) भानुभक्त क्याम्पस कमिटीले शुक्लागण्डकी–५ बेलचौतारमा रहेको भानुभक्त बहुमुखी क्याम्पसमा सेनेटरी प्याड राखेको छ । शुक्रबार कमिटीले ४० थान प्याड क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेको हो ।
अध्ययन गर्न आउने छात्रा विद्यार्थी क्याम्पस समयावधिमा महिनावारी हुदाँ निकै समस्या झेल्नुपरेकाले विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरि कमिटीद्धारा प्याड राखिएको अध्यक्ष बिनिता भण्डारीले बताईन् । ‘यो क्याम्पसमा महिला विद्यार्थी धेरै छन् । सबैलाई क्याम्पस आउने समयमा म महिनावारी हुन्छ भनेर थाहा पनि हुदैन् । र महिनावारी भएपछि कहाँ जाने, यसले निकै समयस्य झेल्नुपरेको हुन्छ । त्यसैले छात्रा विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर प्याड राखेका हौ’ उनले भनिन् । अध्यक्ष भण्डारीले आफुहरु क्याम्पसमा रहन्जेलसम्म कमिटीद्धारा प्याड राख्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।
उक्त कार्यक्रममा कमिटीकी अध्यक्ष भण्डारी सहित अखिल क्रान्तिकारी तनहुँ जिल्ला कमिटीका अध्यक्ष मिलन महत, वाईसिएलका केन्द्रीय सदस्य शरण सापकोटा, विस्णु लम्साल, क्याम्पस कमिटीका सचिव भक्त बहादुर विक लगायतको उपस्थिती रहेको थियो ।