दुलेगौंडा, नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत बिहिबार तनहुँको क्षेत्र नं २(ख) मा इन्द्र बहादुर आलेको नेतृत्वमा सर्वसम्मत प्रदेश समिति चयन भएको छ । आज भएको मनोनयन दर्ताको क्रममा आवश्यक मात्रामा मात्रै परेकाले निर्वाचन अधिकृत दीपक भट्टराईले सर्वसम्मत कार्य समिति चयन भएको घोषणा गरे ।
निर्बिरोध चयन बहेका प्रदेश समितिका पदाधिकारीमा उपसभापति ईमानसिं थापा र आनन्ददेव श्रेष्ठ सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी तथा सह सचिवमा माधव लम्साल र चुननारायण श्रेष्ठ चयन भएका छन् । कार्य समितिका सदस्य खुलातर्फ नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ मथुराकृष्ण श्रेष्ठ, श्रीराम आले, राजेन्द्र अर्याल, बिष्णुबिर थापा र मदन थापा सर्वसम्मत भएका छन् । खुल्ला महिला तर्फ निरा आले, भविसरा आले र सीता कुमाल जनजाती महिलातर्फ रोमाया थापा र तिलिसरा थापा सर्वसम्मत भएका छन् । दलिततर्फ कुलबहादुर विक, खस आर्यतर्फ विजयराज सुवेदी र अपाङ्गता अल्पसंख्यकतर्फ चीनबहादुर आले सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १४ औ महाधिबेशनको क्रममा निर्वाचन बिनै सर्वसम्मत भएको हो भने बाकी ३ वटा प्रदेश क्षेत्रमा भने भोलि निर्वाचन मार्फत नेतृत्व चयन हुने भएको छ ।