दुलेगौंडा । आर्थिक अवस्था कमजोर रहेकै कारण उपचार गराउन नसकेर घरमै बस्न बाध्य दुई बर्षिय अनिप तामाङको उपचारको लागि आशा पलाएको छ । मकवानपुर जिल्लाको भिमफेदी घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा बस्दै आएका पञ्च र सानी तामाङ्का छोरा अनिपको उपचारको लागि युवाको समुहले आर्थिक सहयोग गरेपछि उपचारको हुने आशा पलाएको हो ।
गत बर्ष भदौ २० गते पोखरा स्थित मेडिप्लस हस्पिटलमा अनिपको हर्नियाको अप्रेशन गरिएके थियो । अप्रेशन पछि भने बालकको आखाँको दृष्टि पनि गुम्यो । अहिले बालक रुने, कराउने, बेल्न र हिड्न नसक्ने अवस्थाको रहेका छन् । उक्त घटना थाहा पाएपछि शंकर पन्त नेतृत्वको युवा समुहले ५५ हजार रुपौयाँ रकम संकलन गरि विहीबार परिवारलाई हस्तानतरण गरेको छ । रकम हस्तान्तरण गर्दै पन्तले पहिलो चरणमा बालकको शारिरिक अवस्था र रोग पहिचान गर्न बताए । रोग पहिचान भई उपचार सम्भव रहेको खण्डमा समुहले अभियान मार्फत रकम संकलन गरि सहयोग गर्ने बताए ।
बालककी आमा सानीले पैसा नभएकै कारण लामो समयदेखी उपचार गराउने मन भएता पनि उपचार गराउन नसकेको बताईन् । समुहले सहयोग गरेपछि भने छोराको उपचार गराउने आशा पलाएको बताईन् । सानीका श्रीमान दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसाले सामान्य घरखर्च चलाउने गर्छन् ।
अनिपको उपचारको लागि मित्रलाल/पदमकुमारी श्रेष्ठले १० हजार, बबुराम कार्कीले १० हजार, दिवस उप्रेतीले १० हजार,देवेन्द्र ढुंगानाले पाँच हजार, युवराज भट्टराईले पाँच हजार १ सय, शिव गर्तौलाले दुई हजार, सुरेन्द्र पौडेलले दुई हजार, सुमन सापकोटाले दुई हजार, किसान महतले एक हजार एक सय ५०, सिद्धार्थ केसी, नरेन्द्र थापा, दिपक तिम्लिसिना र पुष्पराज सापकोटाले एक÷एक हजार रुपैयाँका दरले सहयोग संकलन गरिएको थियो ।