नेपाली काँग्रेसको चौथौ महाधिवेशनको लागी प्रदेश र क्षेत्रको अधिवेशन नजिकिदै गर्दा तनहूँको माहौल पनि तातिन थालेको छ । अधिवशेन नजिकिए सँगै आ आफ्नो प्यानल वनाएर उम्मेदवारहरु भोट माग्न प्रतिनिधिको घर घर पुग्न थालेका छन ।
प्रदेश, क्षेत्र एवं ज्रिल्लाको अधिवेशनको मिति नजिकीदै जादा तनहूँको क्षेत्र नं २ को क्षेत्रिय र प्रदेश दुवैको अधिवेशनको लागि काँग्रेस नेता ताथ कार्यकर्ताको सक्रियता बढ्न थालेको छ । विहानै देखि प्यानल सहित हुल वनाएर क्षेत्रिय प्रतिनिधिहरुको घरमै गएर मत माग्न व्यस्त देखिन थालेका छन सम्भावित उम्मेद्वारहरु ।
केन्द्रिय राजनीतिको महत्वपुर्ण खण्ड ओगट्न सफल तनहूँमा नेपाली काँग्रेसका ४ जना निर्वाचित केन्द्रिय सदस्यहरु रहेका छन । उनीहरुको आसपास वरिपरी ध्रुविकृत भएर प्यानल सहित उम्मेद्वारी सार्वजनिक हुन थालेपछि आम कार्यकता र नागरिकमा समेत नेपाली काँग्रेसको अधिवेशन तर्फ चासो बढेको पाईएको छ ।
भर्खरै सम्पन्न नेकपा एमालेको अधिवेशन खाशै सार्वजनिक रुपमा प्रचारवाजि र हल्लाखल्ला नभई सम्पन्न भएको छ । यस पटकको नेकपा एमालेको अधिवेशन वडा देखि स्थानीय तह हुनै अधिवेशन प्रतिनिधि छनौट सम्म सवैमा सर्वसम्मत भए पछि अधिबेशनको चर्चा खासै भएको पाईएन । देशको अर्को दल नेकपा माओवादी केन्द्रको समेत यही मंसिर ४ गतेबाट वडा अधिवेशन शुरु हुदैछ । अधिवेशन तयारीका लागि पाटीको आन्तरिक वैकहहरु बाहेक नेपाली कांग्रेसको जस्तो बजार हल्ला माओवादी केन्द्रको अधिवेशनमा समेत नहुने देखिएको छ ।
सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसको अधिवशेनले भने अन्य राजनैतिक दलको भन्दा धेरै चहल पहल र आन्तरिक सक्रियता बढको देखिएको छ । वडा देखि स्थानीय तहका अधिकांश अधिवेशनमा मतदान मार्फत नेतृत्व चुएिको कारण पनि नेपाली कांग्रेसको अधिवेशनले सामान्य भन्दा धेरै चर्चा पाएको छ । आउदो मंसिर ३ गते प्रदेश, ६ गते क्षेत्र र १० गते जिल्ला अधिवेशनको मिति तोकिएसँग नेपाली काँग्रेका नेता तथा कार्यकर्ताहरु अधिवेशनको चटारोमा लागेका छ । यसै क्रममा तनहूँको क्षेत्र नं २ मा नेपाली काँग्रेसका महाधिवशेन प्रतिनिधि कृष्णराज पण्डित र महाधिवेशन प्र्रतिनिधि तथा नेविसंघका अध्यक्ष चुडामणी खनालले नेतृत्व गरेको प्यानल विच प्रतिश्पर्धा हुने पक्का पक्कि भएको छ । दुबै समुहले आफ्नो प्यानल खडा गरी प्रचार प्रसारमा जुटेका छन । यसै गरी प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत २ क मा हिरा थापा र जितराज रानाको प्यानल सहित उम्मेद्वारी तय गरी प्रचार प्रसारमा जुट्न थालेका छन् ।