सामाजिक कार्यमा सक्रिय रहदै आएको शुक्लागण्डकी जेसिसको सप्ताह कार्यक्रम आजदेखी सुरु भएको छ । जेसिसले सप्ताहको पहिलो दिन तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको ढोरबाराही मन्दिरमा डस्बिन बितरण, शुक्लागण्डकी नगरपालिका–८ मुस्ताङ वस्तीस्थित दुर्गा प्राविका विद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण र दुलेगौंडामा रहेका शान्ता विकको दुई महिने शिशु प्रकाश वि.कको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
ढोरबाराहि मन्दिर सबै भक्तजनको आस्थाको केन्द्र रहेको हुदाँ सरसफाई कार्यमा सबैले चासो दिनुपर्ने जेसिजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए । उनका अनुसार आज मन्दिरमा पाँच थान डस्विन र दुई वटा गमलामा धुपीको विरुवा मन्दिरका पुजारी चिरञ्जिवी लम्साललाई हस्तानतरण गरिएको छ । यसै गरि आजै भएको कार्यक्रममा दुर्गा प्रविका ३५ जना विद्यार्थीलाई कापि, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेको जेसिज सप्ताह कार्यक्रमका मुल संयोजक रमेश भण्डारीले बताए । विद्यार्थीहरुको शैक्षिक सामाग्री प्रदान गर्दा शिक्षण सिकाईको लागि प्रेरणा मिल्ने बताए । उनका अनुसार क्लबले शैक्षिक सामाग्री सहित दुई थान डस्विन विद्यालयका प्रधानध्यापक टंक सुवेदीलाई हस्तानतरण गरिएको छ ।
जेसिजले सप्ताह कार्यक्रम अन्र्तगत नै दुलेगौंडाका दुई महिने शिशु प्रकाश विकको उपचारको लागि आर्थिक सहयोग गरेको छ । जन्मदै मिर्गौलामा समस्या देखिएपछि उपचार गर्न आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा सघाउन आर्थिक सहयोग गरेको हो । क्लबले आज उपचारमा हाल १० हजार रुपैयाँ सहयोग गरिएकोे छ । जेसिजले भोलि शुक्लागण्डकी नगरपािलका–२ गाछेपानीमा रहेको धार्मीक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा डस्बिन वितरण कार्यक्रम गरि सप्ताह कार्यक्रम समपनन गर्ने छ ।