दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकोे १० औं महाधिवेशनका लागि तनहुँका १३ प्रतिनिधि चयन भएका छन् । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशनको लागि जिल्लाबाट सर्बसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन् । यसै गरि महाधिवेशनकै लागि दलिततर्फ बाबुराम सुनार चयन भएका छन् । उनी पनि क्षेत्र नम्बर २ कै हुन् ।
महाधिवेशनको लागि क्षेत्र नम्बर १ बाट पाँच जना र २ बाट आठ जना प्रतिनिधि चयन भएका छन् । क्षेत्र नम्बर १ बाट महिला तर्फ भगवती न्यौपाने चयन भएकी छिन् भने खुल्ला तर्फ इन्द्र कुँवर, हरिराज कडेल, बाबुराम अधिकारी, कलावती ढकाल चयन भएका छन् । यसै गरि क्षेत्र नम्बर २ मा महिलातर्फ शुक्लागण्डकी नगरपालिकाकी उप–प्रमुख सविता रसाइली र राधा महत चयन भएका छन् भने खुल्ला तर्फ केदार सिग्देल, श्रीप्रसाद श्रेष्ठ, धर्मराज खनाल, रामचन्द्र उपाध्याय, विष्णुभक्त सिग्देल चयन भएका छन् ।