• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

दुई महिने शिशुको उपचारको लागि सहयोगको अपिल (भिडियो सहित)

उपचार गराउन नसक्दा सानै उमेरमा मिर्गाैला फेल हुने खतरा

सम्पादक सम्पादक
November 9, 2021
- स्थानीय समाचार
0
0
SHARES
172
VIEWS
Share on FacebookShare on TwitterEmail this

हरि खरेल / दुलेगौंडा ।  सानै उमेरमा मिर्गाैला समस्या देखीएका दुई महिले शिशु प्रशान्त विकको उपचारका लागि शिशुका आमा शान्ता विकले सहयोगको अपिल गरेकी छिन् । दैलेखको ठाटीकाँध गाउँपालिका–४ गैरागाउँ घर भई विगत ३ बर्ष अगाडीदेखी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बस्दै आएकी शान्ताले परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण उपचार गराउन नसकेपछि सहयोगको लागि अपिल गरेकी हुन् ।

विकले गत भदौ १६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा दाेस्राे रुपमा प्रशान्तलाई जन्म दिईन् । जन्म पूर्व आठ महिनामा पेटको भिडियो एक्स–रे गर्दा बच्चाको मिर्गौला र पिसाब नलि समस्या आएको विकले बताईन । त्यस पछि बालक जन्मेको भोलिपल्ट अस्पतालले भिडियो एक्स–रे गर्याे । जहाँ बालकको पिसाब नलि साँघुरो भएर सुन्निएको रिर्पाेट आएको सुनाईन् । रिपोर्ट पछि अस्पतालले डेढ महिना भित्र अपरेशन गर्नुपर्ने बताएपछि पिसाब नलिमा पाइप हालेको विकको भनाई छ ।

अस्पतालले बालकको पिसाब नलिमा पाईप हालेको १३ दिनपछि पाईप खुस्कियो । त्यसछि विकले बालकलाई पूनः अस्पताल लैजादाँ अस्पतालले जिम्मा लिन नसकेकोे सुनाईन् । ‘पाइप हाल्न सम्भव छैन् । दुई वटै पिसाब नलि साँघुरो छ । भित्र पाइप हालनु पर्छ, त्यसका लागि तपाईले पैसा जम्मा गर्नुपर्छ । ग्यारेन्टि लिन्नौ हामी तर कोसिस गर्छौं ।’ अस्पतालले भनेको कुरा सुनाउदै भनिन् ‘आज विहान डाक्टरसंग कुरा हुदाँ–हुनेभएत भईहाल्थ्यो नि, बाल कान्तिमा लैजाउ अहिले पिसाब फेरीरहेको छ । भोलि ड्यामेज हुने सम्भावना बढी छ । दुईवटै मिर्गाैला फुल्लीसकेको छ । बच्चालाई यहाँ नराख ।’

शान्ताका श्रीमान तपेन्द्रले दैनिक ज्याला मजदुरी गरेर आएको पैसाले घरखर्च चलाउछन् । बालकको पिसाब नलिमा समस्या आए पछि भएका पैसा पनि उपचार खर्चमा नै सकिएको विकले सुनाईन् । उनका अनुसार अहिले रासनपानको लागि समेत पैसा दिन नसक्ने स्थिती छ । अबको केही समय सम्म उपचार नगरि राखेमा शिशुको मिर्गाैला ड्यामेज हुने खतरा छ ।

शान्ताका दुई सन्तान मध्य १६ महिने जेठो छोरा प्रकाशको पनि टाउको समान्य व्यक्तिको भन्दा ठुलो छ । उमेर अनुसार शारीरिक वृद्धि विकास हुन सकेको छैन् यसले गर्दा हिड्डुल पनि गर्न नसक्ने अस्था छ । शान्तालाई छोराको उपचार गराउने आशा भएता पनि आर्थिक अभाव उनको अगाडी पर्खाल बनेर बसेको छ । यसैले उनले आफ्ना छोराको उपचारमा सघाउनका लागि आर्थिक सहयोगको लागि अपिल गरेकी छिन् ।

हेर्नुहाेस पुरा भिडियो

Previous Post

अखिल क्रान्तिकारी भानुभक्तको अध्यक्षमा विनिता

Next Post

राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ

Next Post
राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ

राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.