• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

दुई महिने शिशुको उपचारको लागि सहयोगको अपिल (भिडियो सहित)

उपचार गराउन नसक्दा सानै उमेरमा मिर्गाैला फेल हुने खतरा

सम्पादक by सम्पादक
November 9, 2021
in स्थानीय समाचार
0
0
SHARES
173
VIEWS
Share on FacebookShare on TwitterEmail this

हरि खरेल / दुलेगौंडा ।  सानै उमेरमा मिर्गाैला समस्या देखीएका दुई महिले शिशु प्रशान्त विकको उपचारका लागि शिशुका आमा शान्ता विकले सहयोगको अपिल गरेकी छिन् । दैलेखको ठाटीकाँध गाउँपालिका–४ गैरागाउँ घर भई विगत ३ बर्ष अगाडीदेखी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बस्दै आएकी शान्ताले परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण उपचार गराउन नसकेपछि सहयोगको लागि अपिल गरेकी हुन् ।

विकले गत भदौ १६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा दाेस्राे रुपमा प्रशान्तलाई जन्म दिईन् । जन्म पूर्व आठ महिनामा पेटको भिडियो एक्स–रे गर्दा बच्चाको मिर्गौला र पिसाब नलि समस्या आएको विकले बताईन । त्यस पछि बालक जन्मेको भोलिपल्ट अस्पतालले भिडियो एक्स–रे गर्याे । जहाँ बालकको पिसाब नलि साँघुरो भएर सुन्निएको रिर्पाेट आएको सुनाईन् । रिपोर्ट पछि अस्पतालले डेढ महिना भित्र अपरेशन गर्नुपर्ने बताएपछि पिसाब नलिमा पाइप हालेको विकको भनाई छ ।

अस्पतालले बालकको पिसाब नलिमा पाईप हालेको १३ दिनपछि पाईप खुस्कियो । त्यसछि विकले बालकलाई पूनः अस्पताल लैजादाँ अस्पतालले जिम्मा लिन नसकेकोे सुनाईन् । ‘पाइप हाल्न सम्भव छैन् । दुई वटै पिसाब नलि साँघुरो छ । भित्र पाइप हालनु पर्छ, त्यसका लागि तपाईले पैसा जम्मा गर्नुपर्छ । ग्यारेन्टि लिन्नौ हामी तर कोसिस गर्छौं ।’ अस्पतालले भनेको कुरा सुनाउदै भनिन् ‘आज विहान डाक्टरसंग कुरा हुदाँ–हुनेभएत भईहाल्थ्यो नि, बाल कान्तिमा लैजाउ अहिले पिसाब फेरीरहेको छ । भोलि ड्यामेज हुने सम्भावना बढी छ । दुईवटै मिर्गाैला फुल्लीसकेको छ । बच्चालाई यहाँ नराख ।’

शान्ताका श्रीमान तपेन्द्रले दैनिक ज्याला मजदुरी गरेर आएको पैसाले घरखर्च चलाउछन् । बालकको पिसाब नलिमा समस्या आए पछि भएका पैसा पनि उपचार खर्चमा नै सकिएको विकले सुनाईन् । उनका अनुसार अहिले रासनपानको लागि समेत पैसा दिन नसक्ने स्थिती छ । अबको केही समय सम्म उपचार नगरि राखेमा शिशुको मिर्गाैला ड्यामेज हुने खतरा छ ।

शान्ताका दुई सन्तान मध्य १६ महिने जेठो छोरा प्रकाशको पनि टाउको समान्य व्यक्तिको भन्दा ठुलो छ । उमेर अनुसार शारीरिक वृद्धि विकास हुन सकेको छैन् यसले गर्दा हिड्डुल पनि गर्न नसक्ने अस्था छ । शान्तालाई छोराको उपचार गराउने आशा भएता पनि आर्थिक अभाव उनको अगाडी पर्खाल बनेर बसेको छ । यसैले उनले आफ्ना छोराको उपचारमा सघाउनका लागि आर्थिक सहयोगको लागि अपिल गरेकी छिन् ।

हेर्नुहाेस पुरा भिडियो

Previous Post

अखिल क्रान्तिकारी भानुभक्तको अध्यक्षमा विनिता

Next Post

राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ

Next Post
राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ

राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.