बेलचौतारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) भानुभक्त क्याम्पस कमिटीको अध्यक्षमा बिनिता भण्डारी चयन भएकी छिन् । बुधबार क्रान्तिकारीको तिहार, छठपर्व विशेष शुभकामना आदन प्रदान कार्यक्रममा क्याम्पस कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा समिर वि.क, सचिवमा भक्तबहादुर वि.क, सह–सचिवमा सुस्मिता सिग्देल, कोषध्यक्षमा सरोज वि.क लगायतको ३५ सदस्यीय कमिटी गटन भएको हो ।
शुभकामना आदनप्रदान तथा कमिटी गठन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य आशा कोईरालाले वर्तमान समयमा प्रभावकारी रुपमा वैज्ञानिक, व्यवहारीक र रोजगारमुलक शिक्षा प्रदान हुन नसकेको बताईन् । उनका अनुसार अबका दिन विद्यार्थी संगठनहरुमार्फ व्यवहारीक शिक्षा प्राप्त गर्न सरकार समक्ष माग गर्दै संघर्ष गनुपर्ने बताईन ।
अखिल क्रान्तिकारी नगर कमिटीका अध्यक्ष आशिष भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वाइसिएलका केन्द्रिय सदस्य शरण सापकोटा, अखिल क्रान्तिकारी पूर्व सभापति राजु वि.क, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मिलन महत, वाइसिएलका नगर अध्यक्ष मनोज लामिछाने, वाइसिएल वडा नम्बर ५ का अध्यक्ष मित्रबन्धु पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।