दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटनमा रहेको नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा गौं संरक्षण केन्द्रमा सहयोग गरेको छ । सहकारीको १२ औं स्थापनाको अवसरमा संस्थागत रुपबाट नाफा नोक्सान मात्र नभई सामाजिक सेवामुलक कार्य पनि गर्नुपछ भन्ने धारण सहित संंरक्षण केन्द्रमा सहयोग गरेको सहकारीका अध्यक्ष घनश्याम भट्टराईले बताए ।
सोमबार सहकारीका सदस्यहरुले शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा १० बोरा चोक्कर र २ बोर नुन सहयोग गरेका हुन् । समाजमा सहकारीले नाफमुलक मात्र नभई सेवामुलक कार्यमा पनि सक्रिय रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
सहकारीले प्रत्येक बर्ष स्थापना दिवसको अवसरमा धार्मिक क्षेत्रमा सरसफाई गर्ने, विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्ने, विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम संञ्चालन गर्ने लगायतका कार्यहरु गर्दै आईरहेको छ । हाल सहकारीमा १७ सय भन्दा बढी सदस्यहरु अबद्ध रहेको भट्टराईले बताएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको मातहतमा संञ्चालित संरक्षण केन्द्रमा अहिले १ सय ५० वटा गाई रहेका छन् ।