दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको रोट्रयाक क्लब अफ शुक्लागण्डकीले आर्थिक अवस्था कमजोर रहेका नगरका ५ विद्यार्थीलाई मासिक हजार रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार क्लबको बैठकमार्फत सो निर्णय गरेको क्लबका अध्यक्ष मनिस अर्यालले जानकारी दिए ।
मसिक रकम क्लबले आमा–बुबा गुमाएका, गरिब, असाहाय, अपाङ्ग रहेका ९ देखि स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई विशेष प्राथमिकतामा राखिने अध्यक्ष अर्यालले बताए । ‘हामीले यो सुरुवाति चरण रहेको हुदाँ मासिक हजार रुपैयाँ दिन लागेका हौं । पुग्न त दुई तीन हजार रुपैयाँ दिए पनि पुग्दैन तर पनि यस पैसाले विद्यार्थीलाई केही राहात मिलोस भन्ने हो ।’ उनले भने ।
सुरुवाति चरण भएको हुनाले सबै विद्यार्थीलाई रकम वितरण गर्न नसकिएको बताए । तर पनि यो बानि बसाले पछि अरुले पनि सहयोग गरेमा सबै विद्यार्थीले सहज रुपमा पढ्न पाउने बातावरण सिर्जना हुने अर्यालको भनाई छ । विद्यार्थी छनोट क्लबका अध्यक्ष लगायतका टोलिले निर्धारण गर्ने छ । अर्यालका अनुसार अबको केही समयपछि क्लबले विद्यार्थी छनोट गरि रकम वितरण गर्ने भएको छ ।