• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

पर्यटकको पखाईमा मिलेनियम गुफा

सम्पादक सम्पादक
October 26, 2021
- स्थानीय समाचार
A A
0
पर्यटकको पखाईमा मिलेनियम गुफा
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/फिरफिरे ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले देशभर पर्यटकीय गन्तव्य सुनसान बने । पछिल्लाो समय महामारीको प्रभाव कम हुदाँ पर्यटकीय गन्तव्यमा पर्यटकहरुको चहलपहल बढ्दो छ । तनहुँको पनि बन्दिपुर, मानहुँकोट, ट्रि हाउस, थाङ्दी झरना, मोहोरीयाको ढुङ्गे बगैचा लगायतका गन्तव्यमा पर्यटक बढीरहेका छन् । तर, जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे घरेडी गाउँको पुछारमा रहेको मिलेनियम गुफामा पर्यटकको चहलपहल बढ्न सकेको छैन् ।

पर्यटकलाई मिलेनियम गुफासम्म पुग्ने सडक सहज नहुदाँ पर्यटक कम आउने गरेको स्थानीय निलबहादुर गुरुङले बाताए । गुरुङका अनुसार सडक निर्माणका लागि वडा÷नगरले लगानी गरेतापनि लगानीको सहि सदुपयोग भएको छैन् । ‘वडाले गुफासम्म पुग्नका लागि सहज वातावरण सिर्जना गरिदिए पर्यटकहरु लर्काे लागेर आउँछन्’, उनले भने, ‘वडाले पुर्वाधार निर्माणमा लगानी गरेपछि अनुगमन गर्दैन् । स्थानीयले पनि गुफाको बिषयमा चासो दिएनन् । यसले गर्दा गुफा ओझेलमा प¥यो।’

गुफामा आन्तरीक तथा बाह्य पर्यटक बढ्दै गएको बेला कोरोना महामारीका कारण सुस्ताएको मिलेनियम गुफा प्रर्बद्धन समितिका अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए । समितिको अध्यक्ष भएपछि सबै काम अध्यक्षले मात्र गर्नुपर्दछ भन्ने स्थानीयहरुको धारण रहेको हुदाँ गुफामा सोचे अनुरुप पर्यटक भित्र्याउन नसकेको उनले बताए । गुरुङका अनुसार महामारी पछि गाउँमा भएका खेलकुद तथा संस्कृतिक कार्यक्रम लगायत अध्ययन तथा अनुसन्धानका लागि आउनेहरुका लागि गुफा खुल्ला गरिएको थियो ।

कोरोना महामारी अगाडीसम्म पर्यटकको राम्रै चहलपहल रहेको मेलिनियम गुफामा महामारी पश्चात भने पर्यटक भित्राउन सकेको छैन् । विगतमा आन्तरी पर्यटकहरुको साथै ट्रेकिङ्ग एजेन्सी माफर्त बाह्य पर्यटक समेत भित्राउन सफल रहेको मेलिनियम गुफा कोरोना महामारिका कारण संञ्चालनमा ल्याउन नसकेको शुक्लागण्डकी नगरपलिका–१२ का वडाध्यक्ष मनराज गुरुङले बताए ।

वडाध्यक्ष गुरुङका अनुसार गाउँमा रहेका सबैलाई कोरोना विरुद्धको खोप उपल्बध गराएपछि होमस्टे, मोलिनियम गुफामा पर्यटक भित्राउने योजनामा रहेको छ । बर्षातको पानीले घडेरीसम्म पुग्न मोटर बाटोहरु सहज नरहेको हुदाँ पर्यटकहरुको चहलपहल न्यून रहेको गुरुङले बताए ।

मिलेनियम गुफा भित्र ढुङ्गाको अनौठो आकृति, झरना, चमेरा आदिले देख्न पाईन्छ । गुफाको छेउमा रहेको झरनाले पर्यटकहरुलाई थप मोहित पार्दछ । विसं. १९७५ सालमा गुफाको पत्ता लागेको यहाँका स्थानीय बताउछन् । गुफा पत्ता लागेको एक सताब्दी बढी भईसके पनि सन्तोसजनक विकास भने भईसकेको छैन् ।

👉 अन्य सम्बन्धित खबरहरु

योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
भिमादका निवर्तमान नगर प्रमुखको निधन

भिमादका निवर्तमान नगर प्रमुखको निधन

April 21, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.