खैरेनीटार– सरकारले जेष्ठ नागरिक, एकल महिला, अपांग र अशक्तलाई सामाजिक सुरुक्षा भत्ता दिने गर्दछ । सामाजिक सुरक्षा भत्ता उनीहरुको जिवन उपयोगी पनि बनेको छ । तर भत्ता आईसकेपछि सेक पनि नसके पनि बैंकमा घण्टौ सम्म लाईनमा बसेर बुझ्नुपर्ने बाध्यता छ । कति त बैंकसम्म पुग्न पनि सक्दैनन् । तिनै बैंकसम्म पुग्न नसक्नेलाई यहाँका एक जना वडाध्यक्षले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्ने गर्दछन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले आफु वडाध्यक्ष भएर आएपछि बैंकमा जान नसक्नेलाई बैंकसँगको सहकार्यमा घरमै पुगेर भत्ता दिने गरेका हुन् । सोमबार पनि वडाध्यक्ष थापाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको भत्ता लुम्बिनी विकास बैंक खैरेनीटार शाखासँगको सहकार्यमा घरघरै गएर बाँडेका छन् ।
वडाध्यक्ष थापाले सोमबार आठ जना जेष्ठ नागरिकलाई घरमै पुगेर वृद्ध भत्ता वितरण गरेको बताए । बाँकी रहेका तीन जनालाई अबको केहि दिनमै घरमै भत्ता पु¥याईदिने उनी बताउँछन् । ‘सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई मैले के भन्ने गरेको छु भने तपाईले खर्च गरेर भत्ता लिन बैंकसम्म नजानुस, हिड्न सक्नुहुन्न भने मलाई नाम टिपाउनुस, एक दुई दिन ढिला हुनसक्ला । तर, मैले घरमै ल्याएर वितरण गर्ने छु’, उनले भने । तीन जनाको चेक सकिएको कारण घरमा पुगेर भत्ता दिन नसकेको उनले बताए ।