दुलेगौंडा । नेपाल पुलिस स्कुल बेलचौताराले गण्डकी प्रदेशस्तरीय अण्डर १६ विद्यालय छात्र फुटबल प्रतियोगिता गर्ने भएको छ । विद्यालय स्तरबाटै विद्यार्थीमा खेल कौशलको विकास गराउनुका साथै व्यवसायिक रुपमा खेल खेल्न सक्ने वातावरण तयार गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका समावेशक दिनेश गौतमले बताए ।
फुटबल प्रतियोगिताको विजेताले ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने प्रतियोगिताको उपविजेताले नगद २५ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी प्रतियोगिताको सर्वेत्कृष्ट खेलाडीले नगद ४ हजार, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीले नगद २ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

विद्यार्थीमा खेल भावनाको विकास गराउर्दै गण्डकी प्रदेशलाई खेलको माध्यमबाट जोड्न पनि प्रतियोगिताले सहयोग पु¥याउने विद्यालयका प्राचार्य रामचन्द्र शाहीले बताए ।
प्रदेशस्तरीय ११ ए साइड फुटबल प्रतियोगिता मंसिर १८ गतेदेखि २१ गतेसम्म नेपाल पुलिस स्कुल प्राङ्गणमा हुने छ । सुरुमा दर्ता भएका १६ विद्यालय मात्रै प्रतियोगितामा सहभागि हुन पाउने छन् भने खेल नकआउट प्रणालीबाट खेलाईने आयोजकले जनाएको छ ।













