दुलेगौडा । शुक्लागण्डकि नगरपालिका वडा नं ४ मा अवस्थित लिटलगार्डेन इङ्लिस वोर्डिङ स्कुलमा आज सम्पन्न डिस्टि«क स्क्रयावल च्याम्पियनसिपमा तालवेसी माध्यमिक विद्यालयकी छात्रा प्रशिक्षा पाठक जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । उक्त प्रतियोगितामा लिटलगार्डेन इङ्लिस वोर्डिङ स्कुलका विशाल सुनार दितिय र तालवेसी माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत छात्रा सन्ध्या श्रेष्ठ तृतीय स्थान हासिल गरेको समितिका सदस्य एवम् तालवेसि माध्यमिक विद्यालयका स्क्रयावल क्लवका फोकल शिक्षक दामोदर रेग्मीले बताए ।
अंग्रेजी शब्द भण्डार बृदि गराउने इन डोर खेल स्क्रयावल पछिल्लो समय विद्यार्थीको रुचिको क्षेत्र बन्दै गइरहेको छ । जिल्ला स्तरीय स्क्रयावल च्याम्पियनसिपमा भाग लिन सहभागि विद्यालयहरुले विद्यालयमै विद्यालय स्तरिय स्क्रयावल च्याम्पियनसिप गरि दुइ जना छनोट गरी पठाएका थिए । लिटलगार्डेन इङ्लिस वोर्डिङ स्कुलका भाइस प्रिन्सिपल राजेश गुरुङले सञ्चालन गरेको उक्त ट्रफि एबम् प्रमाण पत्र वितरण कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र र राष्ट्रिय प्रतियोगितामा छनोट प्रथम , दितिय र तृतिय स्थान हासिल गर्ने छात्रा छात्रलाई ट्रफि र प्रमाण पत्र वितरण गर्दै शुक्लागण्डकी नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका अधिकृत सुशिल नरालले बालबालिकाको प्रतिभा पहिचानका क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रमका सभापति स्क्रयावल क्लव तनहुँका संयोजक विनोद पौडेलले आगामी नेशनल स्क्रयावल च्याम्पियनसिपमा आश्विन २९, ३० र ३१ गते हेटोडामा आयोजना गरिने समेत जानकारी दिनुभयो । पछिल्लो समय जिल्लाले आगामी नेशनल स्क्रयावल च्याम्पियनसिपमा विगत लामो समय देखि सक्रिय सहभागिता जनाउँदै आईरहेको छ ।













