दुलेगौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुकाे २४ ओैं राष्ट्रिय महाधिवेशनमा तनहुँकी स्मृति अधिकारीले अनुशासन आयाेगकाे सचिव पदमा उम्मेदवारी दिएकी छिन् । अधिकारीले ललित ओझाकाे प्रस्ताव र शाेभा सापकोटाकाे समर्थनमा गएराति अर्थात् (जेठ २७) गते निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
यसअघिकाे महाधिवेशनमा अनुशासन आयाेगकै सदस्य भएर जिम्मेवारी पूरा गरेकी अधिकारीले यसपटक भने निर्वाचन प्रक्रियाद्वारा नै सचिव पदमा उम्मेदवारी दिएकी हुन् । यसअघि अनुशासन आयाेगकाे सदस्य हुदाँ नै संस्थागत विद्यालयमा विद्यार्थीहरूलाई नेपाली भाषा प्रयोग गर्न नदिने, बोल्दा जरिवाना तिराउने, दवाव दिने जस्ता कार्य गर्दा उनी सहित ३ जना विद्यार्थी समूहले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वोच्चले पनि उनीहरूकै पक्षमा फैसला सुनाउदै नेपाली भाषा बोल्न निषेध गर्ने कार्य तुरुन्त रोक्न अन्तरिम आदेश जारी गरेको थियाे ।
अधिकारी हाल काठमाडौंमा कानुन सङ्कायमा अध्ययनरत छिन् । अनेरास्ववियुकाे २४ ओैं महाधिवेशनमा तनहुँबाट प्रतिनिधित्व गरी चुनावी मैदानमा उत्रिनेमन उनी एकमात्र महिला उम्मेदवार हुन् ।