दुलेगौडा । नेपाल तरुण दल शुक्लागण्डकी नगर समितिकाे आयोजनामा शनिवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वेलचौतरा स्थित सामुदायिक भवनमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका वक्ताहरुले युवालाई पार्टीले निर्वाचनका क्रममा मात्रै खोजि गर्दा उनिहरुमा राजनैतिक चेतनाको कमि हुनुका साथै पार्टी प्रतिको लगाव घटेको कुरा राखेका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता भएर पनि पार्टीले तरुण दललाई यसवारे आवश्यक प्रशिक्षित गर्न नसक्दा नागरिकमा पार्टीको लोकप्रियता कमजोर हुन सक्ने वताएदै कार्यक्रममा वोल्ने अधिकांश वक्ताे योजना सहित युवाहरुलाई राजनीतिक कृयाकलापमा सहभागिता जनाउनु पर्ने वताए ।
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य पुष्ष पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसमा उपसभापति राजेन्द्र कुमार श्रेष्ठ, देव कुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित लगायतले मन्तव्य राखेका थिए । नगर सभापति प्रकाश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लोक बहादुर थापाले गरेका थिए ।