दुलेगौडा । कम्प्युटर एसोसियसन तनहूँको भित्ते पात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ बर्ष २०८२ को लागि तयारी गरिएको भित्ते पात्रो विमोचन साथै सोही अवसरमा शुभकामना आदान कार्यक्रम गरीएको संस्थाको कार्यक्रम संयोजक कृष्ण प्रसाद भुसालले वताए । कम्प्युटर सम्वन्धित कारोवार गर्ने तनहुँ जिल्ला भित्रका व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको क्यान तनहुँले व्यवसायिक हक हित तथा अन्य सामाजिक कार्य समेत गर्दै आएको छ ।
दुलेगौडाको होटल मयुरमा सम्पन्न उक्त कार्यक्रममा क्यानका केन्द्रीय सदस्य चिन्तामणी वास्तोलाले उक्त क्यालेण्डर विमोचन गरेका थिए । कार्यक्रममा क्यान गण्डकीका अध्यक्ष गुणानीधि पाण्डे, निवर्तमान केन्द्रिय सदस्य तुलसीराम पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वैशाख १९ गतेको आईसिटी डेलाई भव्य रुपमा मनाउने निर्णय समेत गरिएको छ ।
क्यान गण्डकीका अध्यक्ष गुणानीधि पाण्डेको प्रमुख आतिथ्यता एवं शुसिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्यानका सचिव मिन कुवरले गरेका थिए ।