दुलेगौंडा । नेपाल गृह श्रमिक संघ जिल्ला कार्यसमिति तनहुँको आयोजनामा भएको ७ दिने उद्घोषण तथा नेतृत्वविकास तालिम शुक्रबार सम्पन्न भएको ।
तालिमको समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति चुडामणि खनालले देशमा सुशासन स्थापना गर्न महिलाहरु नेतृत्व तहमा आउनुपर्नेमा जोड दिए । तालिम लिएका महिलाहरुलाई तालिमबाट प्राप्त ज्ञान, सिप र क्षमता समाज परिर्वतनका लागि प्रयोग गर्नुपर्ने बताए । ‘महिला संघै घरको चुलो चौकोमा मात्रै सिमित हुनु हुदैन, अब बेला आएको छ महिलाहरुले आफ्नो हक र अधिकार मागेर हैन् खोसेर लिनुपर्छ’ उनले भने ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्लेले तालिममा सहभागि महिलाहरुको नेतृत्व र व्यक्तित्व विकास राम्रोसंग भएको हुदाँ समाजको नेतृत्व लिने कुरामा पनि अग्रसर हुन आग्रह गरे ।
संघको अध्यक्ष टिकामाया पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन जिल्ला कार्यसमिति अध्यक्ष कृष्णबहादुर केसी, नेपाल महिला संघ जिल्ला उपसभापति चन्द्रकला भट्टराई, नेपाली कांग्रेस शुक्लागण्डकी नगर उपसभापति कृष्णप्रासाद रेग्मी, प्रदेश प्रतिनिधि दिपक क्षेत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बिना खनाल, शान्ति मरासिनि, मधु श्रेष्ठ र प्रतिक्षा पराजुलीले अनुभव मन्तव्य राखेका थिए भने संघका उपाध्यक्ष एवम् तालिमका प्रशिक्षार्थी अञ्जु श्रेष्ठले स्वागत मन्तव्य, नेपाली कांग्रेसको जिल्ला सदस्य एवम् तालिमकी प्रशिक्षार्थी जमुना रिमालले धन्यवाद मन्तव्य राखेकी थिइन् भने संघका सचिव एवम् तालिका प्रशिक्षार्थी अञ्जु सिं ठकुरीले समापन कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
नेपाल गृह श्रमिक संघको आयोजना र महिला तथा बालबालिका सीप उत्थान संस्था (नर्वे/नेपाल)को सहयोगमा चौतको ६ गतेदेखि दुलेगौंडामा सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिममा ३५ जना प्रशिक्षार्थी रहेका थिए । तालिमको प्रशिक्षकको रुपमा हरि खरेल, त्रिलोचन लम्साल, युवराज पौडेल, सरोज पौडेल र कृष्णप्रसाद रेग्मी रहेका थिए ।